प्रभु बैंकले शेयरधनीहरुको हितग्राही खातामा प्रतिशत बोनस शेयर जम्मा



Dharana    

access_time 07 Mar 2021

काठमाडौं । प्रभु बैंकले अाफ्ना  शेयरधनीहरुको हितग्राही खातामा प्रतिशत बोनस शेयर जम्मा गरिदिएका छन् । 

कम्पनीले २६ गते सम्पन्न १९औं वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो । 

कम्पनीले पुस १० गतेसम्म भौतिक शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको हो ।

पुस १० गतेपश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा सो बोनस शेयर क्रमशः जम्मा गर्दै जाने व्यवस्था गरिएको कम्पनीले जानकरी दिएको छ । 

यसका साथै अहिलेसम्म बोनस शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई शीघ्र शेयर अभौतिकीकरण गराई बोनस शेयर प्राप्त गर्न कम्पनीले अनुरोध गरेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।



Share Your Thoughts