साताको अन्तिम दिन बिहीबार सात ७ अर्ब ३९ करोड कारोबार



Dharana    

access_time 22 Jan 2021

काठमाडौं ।  सेयर बजार परिसूचक (नेप्से)  विहिवार बढेको छ । ११ दिनदेखिको वृद्धिलाई निरन्तरता दिँदै साताको अन्तिम दिन बिहीबार पनि वृद्धि भएको हो ।  यो दिन नेप्से परिसूचक २८.८९ अंकले बढेर २ हजार ३ सय ७१ दशमलव ६६ विन्दुमा पुगेको छ । बजारमा १ करोड ७२ लाख कित्ता कारोबार हुँदा कुल कारोबार रकम ७ अर्ब ३९ करोड पुगेको छ ।     

यो दिनभर १ सय ७६ कम्पनीको कारोबार भएका छन् । कुल कारोबार भएका कम्पनीमध्ये कारोबार हुँदा १ सय ३६ कम्पनीको मूल्य बढेको छ । २८ कम्पनीको मूल्य घट्दा १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  १२ वटा उपसूचकमध्ये बिहीबार बैंकिङ र म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा वृद्धि भएको छ । निर्जीवन बीमा क्षेत्रको वृद्धि सबैभन्दा बढी ४.९४ प्रतिशतले बढेको छ । 

यो दिन सबैको लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स लगायत २३ कम्पनीको शेयरमूल्य भने ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । नारायणी डेभलपमेन्ट बैंकले भने आज सबैभन्दा बढी ६.८४ प्रतिशत मूल्य गुमाएको छ ।  समग्र बजार बढ्दा कुल बजार पुँजीकरण बढेर ३२ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ । 



Share Your Thoughts