एनसेलले ल्यायो नयाँ च्याटबोट सेवा



Dharana    

access_time 19 Jan 2021

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो डिजिटल ट्रान्सफर्मेसन योजनाअनुरुप ग्राहकका लागि च्याटबोट सेवा ‘माया’ सुरु गरेको छ। यो च्याट सेवाको डिजिटल प्लेटफर्ममार्फत् ग्राहकले एनसेलको सेवा तथा सुविधाहरुका बारेमा सजिलै जानकारी लिन सक्ने कम्पनीले जनाएको छ। च्याटबोट सेवा ‘माया’एनसेलले आफ्नो नयाँअभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको जनाएको छ।

यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने एनसेलको दाबी छ।  यो सेवा एनसेलको आधिकारिक फेसबुक मेसेन्जर, भाइबर, ह्वाटसएप र वेबसाइटमा उपलब्ध छ, जसअन्तर्गत एनसेलका ग्राहकले च्याटबोटमार्फत् एनसेलको सेवा लिन, आफ्ना प्रश्न वा गुनासा राख्न सक्नेछन्। 

च्याटबोट सेवा ‘माया’ माघ ४ गते देखि एनसेललका सबै आधिकारिक सामाजिक सञ्जाल पेज वा ह्याण्डलमा उपलब्ध भएको एनसेलले जनाएको छ।

यस प्लेटफर्ममार्फत ग्राहकले भ्वाइस तथा डेटा प्याक खरिद गर्न, भिसा तथा मास्टर कार्डबाट रिचार्ज गर्न, एनसेलको सेवा तथा सुविधाका बारेमा कुनै जिज्ञासा राख्न, ब्यालेन्स चेक गर्न, अफरहरुका बारेमा जानकारी लिन तथा कुनै गुनासो भए राख्न सक्ने कम्पनीको दाबी छ।



Share Your Thoughts