यस्ताे छ आजकाे सुन र चाँदीको भाउ



Dharana    

access_time 19 Jan 2021

? काठमाडौं, ६ माघ । मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । सोमबार तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार आज बढेर तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ ।     नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। यस्तै चाँदीको मूल्य पनि सोमबारको तुलनामा मंगलबार बढेको महासंघले जनाएको छ । सोमबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १२४५ रुपैयाँमा कारोबार भएको छ ।



Share Your Thoughts