सेयर कारोबारमा बजारको पुँजीकरण ३० खर्ब नाघ्यो



Dharana    

access_time 10 Jan 2021

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ४१ अंक भन्दा माथिले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ४१ दशमलव २४ अंकले बढेर १ हजार २ सय ३५ दशमलव ७२ अंकमा पुगेको छ ।  बजार हरियाली हुँदा सेयर बजारको पुँजीकरणमा समेत नयाँ रेकर्ड कायम भएको छ ।

आयतबार सेयर बजारको पुँजीकरण ३० खर्ब ११ अर्ब ४१ करोड ६७ लाख रुपैयाँ नाघेको छ ।     दिनभर ६ अर्ब ३२ करोड ६६ लाख लाख रुपैयाँ भन्दा धेरै भएको छ । नेप्सेमा कारोबार हुने सबै उपसमूहहरु उकालो लागेका छन् भने जीवन बिमा समूह भने १७ अंक भन्दा धेरैले ओरालो लागेको छ ।



Share Your Thoughts