मोतीलाल दुगड र मालचन्दबीचको लफडाले सनराइज बैंकको बेहाल



Dharana    

access_time 09 Jan 2021

लफडामा चलिरहेको सनराइज बैंकको सीइओको तलब भने बढेको छ । मुख्य लगनाीकर्ता मोतीलाल दुगड र मालचन्दबीचको लफडाले सनराइज बैंकको बेहाल छ ।

त्यहाँ बैंंक संचालक समुह नै दुई गुटमा विभाजन भएकाले बैंकको दैनिक काम समेत प्रभावित हुँदै आएको छ । एउटा खेमामा सीईओ जनक शर्मा र अध्यक्ष मोतिलाल दुगड रहेका छन् भने अर्को तर्फ संचालक मालचन्द दुगड, बच्चराज तातेड, शैलेन्द्र गुरागाँई, सारादा शर्मा र दिपक नेपाल रहेका छन्। अहिले सनराइजको विवाद नेपाल राष्ट बैंकसम्म पुगेको छ । सोही बैंकले सनराइज बैंकले चालु आर्थिक वर्षको तीन महिनामा बैंकले ३८ करोड २९ लाख रुपैयाँ मात्रै खुद नाफा कमायो ।     

अघिल्लो आर्थिक बर्षको यही अवधिको तुलनामा १५ दशमलव ७१ प्रतिशतले गिरावट हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ४५ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । पहिलो त्रैमाससम्ममा बैंकको वितरणयोग्य नाफा २४ करोड ९६ लाख रुपैयाँले ऋणात्मक रहेको छ । तर, बैंकका प्रमुख कार्यकारी अधिकृतको तलब भने बढाएका छन् । केहि महिना अघि बैंकका सञ्चालक समितिले बैंकलाई सुधार्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गराएर जागीर थमौति पाएका बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले आफ्नो तलब ७ लाख रुपैयाँले बढाएर एक करोड ३५ लाख रुपैयाँ तलब सुविधावापत पुर्याएका छन ।अघिल्लो बर्ष बैंकको रत्नराज बज्राचार्य हुँदा उनले एक करोड २७ लाख रुपैयाँ तलबभत्ता बुझेका थिए । जुन बेला बैंकको नाफा गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ४५ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।



Share Your Thoughts