प्रभु बैंकद्वारा अस्पताललाई आर्थिक सहयोग प्रदान



Dharana    

access_time 07 Jan 2021

 इलाम । प्रभु बैंकको इलाम शाखा कार्यालयले आप्mना संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल इलामलाई आर्थिक सहयोग गरेको छ । शाखाले सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लान्ट खरीद गरी जडान गर्नको लागि  पाँच लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो ।   इलाम शाखा कार्यालयका शाखा प्रबन्धक रोशन संग्रौलाले जिल्ला अस्पताल इलामका मे.सु. डा. प्रभु शाहलाई एक औपचारिक कार्यक्रममा आर्थिक सहयोग  स्वरुप पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।   



Share Your Thoughts