असोज २९ गते प्रभु लाइफ इन्स्योरेन्सकाे साधारण सभा गर्दै


अगर बत्ती

Dharana    

access_time 22 Sep 2020

 काठमाडौं - प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले बार्षिक साधारण सभा मिति तय गरेको छ । कम्पनीको यही असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले यही असोज २९ गते साधारण सभा गर्ने निर्णय गरेको हो । 

काठमाडौं, नक्सालस्थित म्यारिट होटलमा गर्ने भनिएको उक्त बार्षिक साधारण सभाका लागि कम्पनीले  प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने निर्णय गरेको छ । 


साथै साधारण सभाले उक्त संशोधनमा कम्पनी रजिष्ट्रारको कार्यालय, बीमा समिति वा अन्य नियमनकारी निकायले फेरबदल गरेमा आवश्यक संशोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्नेछ । 


सभाले आर्थिक बर्ष २०७५र७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७६र७७ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने बताइएको छ । 

Prabhu bank

Share Your Thoughts