रुकुम बस दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या ५ पुग्यो


अगर बत्ती

Dharana    

access_time 23 Sep 2022

दाङ – रुकुम पूर्वमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ।  ज्यान गुमाउनेमा तीन पुरुष, एक महिला र एक बालक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए।   दुर्घटनामा १२ जना घाइते भएका छन्। गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धारको प्रयास भइरहेको डीएसपी डाँगीले जानकारी दिए।  काठमाडौँबाट रुकुमकोट जाँदै गरेको ग १ ख ९१०९ नम्बरको यात्रुबाहक बस बिहीबार दिउँसो रुकुम पूर्वको भूमे गाउँपालिका–३ तिरखोलास्थित क्याङसीबगरनजिकै दुर्घटना भएको हो। बस सडकबाट करिब एक सय मिटर तल खसेको डिएसपी डाँगीले जानकारी दिए।  मृत्यु भएकाहरूको परिचय खुलेको छैन। घाइतेहरुको जिल्ला अस्पताल रुकुम पूर्वमा उपचार भइरहेको छ।  बस अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।



Share Your Thoughts