दार्चुला जीप दुर्घटना अपडेटः मृत्यु भएका पाँचै जनाको पहिचान खुल्यो


अगर बत्ती

Dharana    

access_time 18 Aug 2022

धनगढी – बुधबार दिउँसो दार्चुलामा जीप दुर्घटनामा परेर मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ।  जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मृत्यु हुनेमा बझाङका हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान बोहरा र चम्फा बोहरा रहेका छन्।   दार्चुलाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ उल्लानीमा दुर्घटना भएको थियो। जीप सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ।  यसैगरी दुर्घटनामा परेर मालिकार्जुन–३ की ५० वर्षीया गोमती देवी धामी, सोही ठाउँकी ३० वर्षीया गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी, ४२ वर्षीया रुपा धामी, मालिकार्जुन–६ की ४० वर्षीया रेवती धामी र महाकाली नगरपालिका–३ का ३५ वर्षीय रमेश लुहार घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।  उनीहरु सबैको गोकुलेश्वरमा उपचार भइरहेको छ।



Share Your Thoughts