ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु


अगर बत्ती

Dharana    

access_time 06 Jan 2022

बागमतीः हेटौँडा–काठमाडौँ कान्ति लोकपथअन्तर्गत सिमात भन्ने ठाउँमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।

मृत्यु हुनेमा ट्र्याक्टर चालक कैलाली, सेतीलालपुरका २८ वर्षीय मीनबहादुर बुढामगर रहेको र अन्दाजी ३६ वर्षका अर्का एकजनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ।

मकवानपुरको ठिंगनबाट फास्ट ट्र्याक निर्माणमा प्रयोग हुने सामग्री लिएर हेटौँडातर्फ आउँदै गरेको ना ४ त ६०७५ नम्बरको ट्र्याक्टर सडकबाट अन्दाजी करिब २५० मिटर तल खसेको र ट्र्याक्टरमा सवार दुवैजना गम्भीर घाइते भइ हेटौँडा अस्पताल ल्याउँदा चिकित्सकले दुवैलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए। - रासस



Share Your Thoughts