ट्याक्टर दुर्घटनामा परी एक जनाको निधन


अगर बत्ती

Dharana    

access_time 26 Nov 2021

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।  ज्यान गुमाउनेमा क्षीरेश्वरनाथ नगरपालिका-७ का २५ वर्षीय चेतन महतोको रहेका छन्। प्रहरीका अनुसार उनको मिथिला नगरपालिका-२ नक्टाझिजमा शुक्रबार बिहान भएको ट्याक्टर दुर्घटनामा च्यापिएर ज्यान गएको हो।   

स्थानीय नदीमा बालुवा अनलोड गर्ने क्रममा ज१त ४१७२ नम्बरको ट्याक्टर पल्टिँदा महतोको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ।  नेपाल समय महतो ट्याक्टरमै बसेका थिए। महतोको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रदेशिकक अस्पताल जनकपुरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 



Share Your Thoughts