आगलागीमा परी ३ बालकको निधन


अगर बत्ती

Dharana    

access_time 23 Nov 2021

काठमाडाैं  । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाँक्रीटोलमा आगलागी हुँदा तीन जना बालकको निधन भएकाे छ ।

स्थानीय सञ्च तामाङको गोठमा आगलागी भएको हो । ढुङ्गा, माटो र टिनले छाएको एकतले गोठमा हिजो बेलुका सात बजेतिर आगो लागेको हो । 

गोठमा सल्किएको आगोले घर पनि जलेर नष्ट भएको छ । आगो लागे पछि बालबालिका घर बाहिर निस्कन नसक्दा उनीहरुको ज्यान गएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।  उनका अनुसार आगो लागेको समयमा अभिभावक घरमा थिएनन् ।

आगलागीमा सञ्च तामाङका ६ वर्षीय छोरा मनोज तामाङ, त्यहीँ गाउँका सुकमान तामाङका पाँच वर्षीय छोरा मनिष तामाङ र साइला तामाङका पाँच वर्षीय छोरा दिलबहादुर तामाङको ज्यान गएको हो ।  आगो गएराति नै नियन्त्रणमा आएको छ ।



Share Your Thoughts