सिरहामा इनारभित्र एक युवकको शव फेला


अगर बत्ती

Dharana    

access_time 16 Oct 2021

काठमाडौं / सिरहामा इनारभित्र एक युवक मृत अवस्थामा फेला परेका छन् । सिरहाको नरहा गाउँपालिका(३ स्थित इनारमा गोलबजार नगरपालिका(८ बस्ने २० वर्षीय शत्रुधन महतो शनिबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट युवकको शव निकालेर पोष्टमार्टमका लागि पठाएको छ ।उनको हत्या भएको हो वा आत्महत्या हो भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।



Share Your Thoughts