रोल्पामा एकै परिवारका दुई जनाको मृत्यु



Dharana    

access_time 22 Sep 2021

 बुटवल । भीरबाट खसेको ढुंगाले लागेर रोल्पामा एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।  रोल्पा नगरपालिका–९ बस्ने २५ वर्षकी संगीता पुन र उनकी २ वर्षकी छोरी कृतिका पुनको ढुंगाले लागेर मृत्यु भएको हो ।   

 जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी नरेशराज सुवेदीका अनुसार सोही ठाउँको हाङ्वाङ भीरबाट खसेको ढुंगाले लागेर आमाछोरीको मृत्यु भएको हो । 

रोल्पामै भीरबाट लड्दा रोल्पा नगरपालिका–३ खुमेलका ४२ वर्षका तीर्थलाल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।



Share Your Thoughts