सवारी दुर्घटनामा परी मृत्यु



Dharana    

access_time 22 Sep 2021

काठमाडौं ।  झापाकाे बिर्तामोड नगरपालिका-२ चारपानेस्थित सडकमा को.४ प ६८९८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री कन्काई नगरपालिका-९ घैलाडुब्बा बस्ने २० वर्षीय सुमन थापाको मंगलबार मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको विर्तासिटी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

रुपन्देहीकाे ओमसतीया गाउँपालिका-४ पननीस्थित सडकमा लु.६१ प १९८१ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकल पछाडी सवार मर्चवारी गाउँपालिका-६ बस्ने ६५ वर्षीया नजरु निसाको मंगलबार दिउँसो मृत्यु भएको छ । उक्त मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएकी उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



Share Your Thoughts