बिहि, कार्तिक १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

विमानस्थलको दाबीः चराको कारण पोखराको हवाई यात्रा असुरक्षित छैन

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
विमानस्थलको दाबीः चराको कारण पोखराको हवाई यात्रा असुरक्षित छैन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ – सोमबार दिउँसो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिकै उडिरहेको जहाजमा चरा ठोक्किएर खसेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ। बुद्ध एयरको जहाज अवतरणको क्रममा चरा ठोक्किएर खसे पनि विमानमा कुनै प्रकारको क्षति भने पुगेन। विमानस्थल स्रोतले चरा ठोक्किएको घटना सुरुमा लुकाउन खोज्यो। बुद्ध एयरले चरा ठोक्किएको पुष्टि गरेपछि विमानस्थल अफ्ठ्यारोमा पर्‍यो।

यसअघि माघ २ गते पनि विमानस्थलमै जहाजसँग चरा ठोक्किएको थियो। त्यतिबेला पनि विमानस्थलले घटना गुपचुपमा राख्न खोज्यो। लुकाउन खोज्दा खोज्दै पनि चरा ठोक्किएको समाचार सञ्चारमाध्यममा आए।

हिजोआज पनि गिद्ध, चिललगायतका चरा विमानस्थल वरपर उडिरहेका हुन्छन्। चराको गतिविधि कम गराउनलाई विमानस्थल सञ्चालन हुनुपहिले पोखरा महानगरपालिका–१४ बाँच्छेबडुवामा रहेको ल्यान्डफिल साइट स्थानतरण गरियो। तैपनि चराको गतिविधि घटेको छैन।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चराकै कारण असुरक्षित त छैन? चरा ठोक्किएको भिडियो सार्वजनिक भएपछि सर्वत्र चासो बढेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पोखराको हवाई चराको कारण असुरक्षित नरहेको स्ष्पटीकरण दिएको छ। चराका गतिविधि बढी भए पनि असुरिक्षत नरहेको विमानस्थलका प्रमुख विक्रम गौतमले बताए।

बिहीबार पोखरा महानगरपालिकामा भएको अन्तरक्रियामा गौतमले चराको कारण पोखराको हवाई यात्रा असुरक्षित भनेर अफवाह मात्रै फैलाएको आरोप लगाए। गौतमले पोखराबाट सुरक्षित उडान र अवतरणका लागि कुनै कसुर बाँकी नराखेको दाबीसमेत गरे।

यद्यपि, पोखरामा चराको गतिविधि अधिक रहेको भने उनी स्वीकार्छन्। गौतम भन्छन्, ‘हामी ७ तालको शहर भन्छौँ। प्रशस्त सिमसार क्षेत्र छ। हामीसँग प्रशस्त ग्रिनरी छ। त्यसो भएपछि चरा बस्न असाध्यै उपयुक्त ठाउँ छ। तसर्थ हामी चराका लागि अत्यन्तै संवेदनशील हुन जरुरी छ।’

विमानस्थलभित्र र परिसरमा चरा धपाउने काम गरेको उनी बताउँछन्। महानगरवासीले नदीनाला सफा राखेर पनि चराको गतिविधि कम गर्नलाई सघाउन अनुरोध गरे। ‘सिनोजन्य पदार्थबाट असाध्यै सुरक्षित गर्न जरुरी छ’, उनले भने।

२०३२ सालदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन थालनी भएको थियो। तत्कालीन अञ्चलाधिश शंकरराज पाठकले जग्गा अधिग्रहण थालेका थिए। जग्गा अधिग्रहणको ४७ वर्षपछि निर्माण सम्पन्न भएको विमानस्थल पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ ले उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो।

सञ्चालनमा आएको झण्डै २ महिना हुन लाग्दासमेत पोखराबाट सिधा अन्तर्राष्ट्रिय हवाइ उडान सुरु हुन सकेको छैन। तत्काल अन्तर्राष्ट्रिय उडान सुरु हुनेमा अन्यौल छ। रात्रिकालीन उडान भर्नसमेत बिहीबारदेखि बल्ल विमानस्थल तयार भएको छ।

सिधा अन्तर्राष्ट्रिय उडान सुरु गर्न सरकारलाई दबाब दिन पोखरेली एकमत छन्। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्न दबाब दिन आवश्यक रहेको बताए। ‘अब पोखरा सबै हिसाबले तयार छ। अन्तर्राष्ट्रिय उडान छिटो हुनुपर्‍यो सरकार भनेर हामीले केन्द्रीय सरकारलाई पनि ध्यानाकर्षण गराउनुपर्‍यो’, उनले भने।

पोखराको उडान सुरक्षित भएको सन्देश प्रवाह गर्न पोखरेली जुट्नुपर्ने मेयर आचार्य बताउँछन्। ‘चराहरु जहाँ पनि हुन्छन्। हामीले ल्यान्डफिलसाइट हटाइसकेका छौँ। चराको कारण असुरक्षित छैन’, उनले भने।

पोखरेली विकासका अभियन्ता आनन्दराज मुल्मीले अन्तर्राष्ट्रिय विमानस्थलका सबै संरचना तयार हुनुपर्ने बताउँछन्। ‘आजदेखि रात्रीकालीन उडान चल्छ रे। एकछिन सोचौं त साढे ९ बजे यो एयरपोर्टमा ओर्लने प्यासेन्जरले सजिलैसँग पाउन सक्ने कि नसक्ने? रेष्टुराँमा बसेर खाना पाउने कि नपाउने?,’ उनको प्रश्न छ। रात्रिकालीन उडान हुँदैमा पर्याप्तता नहुने मुल्मीको भनाइ छ।

अन्तर्राष्ट्रिय विमानस्थलमा अझै पनि केही संरचना तयार पार्न आवश्यक रहेको उनले बताए। ‘जसले गर्दा भोलिका दिनमा सुनिश्चित उडानका लागि हामी ढुक्क हुन सकौँ’, उनले भने। मुल्मीले पनि पोखराको आकाश चराकै कारण असुरक्षित भएको भनेर दुष्प्रचार भइरहेको दाबी गरे।

यो पनि पढ्नुहोस्

शनिबारसम्म वर्षा र हिमपात गराउने पूर्वानुमान

शनिबारसम्म वर्षा र हिमपात गराउने पूर्वानुमान

१ घण्टा अगाडि
पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

रक्तदानका लागि विशेष अनुरोध

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक