काठमाडौँ – हाल मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज प्रदेश १ को पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहेको छ।
माैमस पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
यस्तै, आज राति प्रदेश १, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदलीकाे संभावना रहेकाे महाशाखाले जनाएकाे छ।
यसैगरी, शुक्रबार प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको आकलन गरिएको छ।
देशभर चिसो बढेसँगै तराईका केही ठाउँमा हुस्सु लाग्न थालेको छ। हिमाली क्षेत्रमा भने बाक्लो हिमपात हुन थालेको छ।