बिहि, कार्तिक १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सत्ता गठबन्धनबाटै राष्ट्रपति हुनुपर्ने एमालेकाे अडान

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
सत्ता गठबन्धनबाटै राष्ट्रपति हुनुपर्ने एमालेकाे अडान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रुकुम पश्चिम । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति नभएमा सत्ता गठबन्धनबाट बाहिरिने चेतावनी दिएका छन् । पुस १० गते वर्तमान सत्ता साझेदार सात दलहरुबीच भएको सहमतिअनुसार एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति हुनुपने उनको भनाइ छ ।

एमालेले सञ्चालन गरेको पार्टी सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गतको दुईमहिने ‘मिसन ग्रासरुट’ कार्यक्रमको सन्दर्भमा जिल्ला आएका बेला बिहीबार प्रेस चौतारी नेपाल रुकुम पश्चिमले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै प्रस्तावमा वर्तमान सत्ता गठबन्धन बनेकाले यही सत्ता गठबन्धन कायम रहने विश्वास रहेको उनले बताए । राष्ट्रिय सहमतिको पक्षमा एमालेको विमति नरहेको तर सत्ता गठबन्धनबाटै राष्ट्रपति हुनुपर्ने अडान रहेको भट्टराईले बताए ।

प्रधानमन्त्रीले अहिलेको सत्ता साझेदारी टुटेको घोषणा नगरेको उल्लेख गर्नुहुँदै उहाँले हरेक राजनीतिक दलहरु निर्णय लिन स्वतन्त्र रहेको जनाए । नेपाली कांग्रेस, माओवादीसहितको पुरानै गठबन्धनको तर्फबाट राष्ट्रपति चयन भएमा एमालेको भूमिका के रहन्छ रु भन्ने जिज्ञासामा सचिव भट्टराईले एमालेले दुईटा डुङ्गामा खुट्टा नराख्ने, सरकारमा नरहने अवस्था आउने उनले बताए । सत्ता साझेदार दलहरुले सहमति पालना गर्ने विश्वास उनले व्यक्त गरे ।

पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य रहनुभएका भट्टराईले छिटो सत्ता समिकरण बदलेर मुलुकमा अस्थिरता, अन्यौल सिर्जना गर्नुभन्दा अहिलेको सत्ता समीकरणलाई पाँच वर्षसम्म टिकाउन आवश्यक रहेको बताए ।

मिसन ग्रासरुट कार्यक्रमले राज्य र जनताबीचको खाडललाई पुर्न सहयोग पुग्ने समेत उनले जानकारी दिए । राज्य र जनताबीचमा छलफलको वातावरण बनाउन एमाले गाउँमा पुग्न थालेको उनको भनाइ छ । ‘पार्टीका भेला, बैठक, सदस्यता वितरण, नवीकरण लगायतका काम तीव्र हुनेछन्,’ उनले भने ‘मुलुकमा ७५३ वटै स्थानीय सरकारका कामहरु पनि निगरानी हुनेछन् ।’

अभियानको क्रममा प्रत्येक घरमा पार्टीका कार्यकर्ता पुग्ने, पार्टीभित्रका कमीकमजोरी केलाउने, चुनावको समीक्षा गर्ने र अन्तिममा समीक्षा प्रतिवेदन तयार गरेर पार्टीले नयाँ गतिबाट काम गर्ने सचिव भट्टराईले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

शनिबारसम्म वर्षा र हिमपात गराउने पूर्वानुमान

शनिबारसम्म वर्षा र हिमपात गराउने पूर्वानुमान

१ घण्टा अगाडि
पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

रक्तदानका लागि विशेष अनुरोध

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक