बिहि, कार्तिक १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी मनोनयन नजिकिएसँगै गठबन्धनमा खटपट

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी मनोनयन नजिकिएसँगै गठबन्धनमा खटपट
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी मनोनयन नजिकिएसँगै सत्ता गठबन्धनमा खटपट बढेको छ । कस्तो गठबन्धनबाट को उम्मेदवार हुने भन्ने निश्चित नभइरहेका बेला कुन परिस्थितिमा कसले राष्ट्रपति चुनाव जित्न सक्छ भन्ने आकलन पनि भइरहेको छ ।

फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभाका २ सय ७३, राष्ट्रिय सभाका ५९ र प्रदेशसभामा ५ सय ५० गरी ८ सय ८२ सांसद मतदाता छन् । प्रतिनिधिसभा २ सय ७५ सदस्यीय रहेकामा चितवन–२ रिक्त छ, मनाङका निलम्बित कांग्रेस सांसद टेकबहादुर गुरुङले चुनावमा भाग लिन पाउँदैनन् । चुनावअघि नै प्रतिनिधिसभा नियमावली पारित भए एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा पर्नेछन् । मतभार संघीय सांसद १ जनाको ७९ र प्रदेश सांसदको ४८ हुन्छ ।

कांग्रेसको १६ हजार १ सय ४२, एमालेको १५ हजार ३ सय १२ ९स्वतन्त्र १ सहित० र माओवादीको ७ हजार ७ सय ४५ मतभार छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको १ हजार ५ सय १, राप्रपाको २ हजार ४ सय ५०, जनता समाजवादी पार्टीको २ हजार १ सय ४५, एकीकृत समाजवादीको २ हजार ५ सय ७४ मतभार छ । जनमत पार्टीको १ हजार २ सय ४२, लोकतान्त्रिक समाजवादी पार्टीको ९ सय ७१, नागरिक उन्मुक्ति पार्टीको ८ सय ९२, जनमोर्चाको २ सय ६, नेमकिपाको २ सय २३, संघीय समाजवादीको ४८, हाम्रो नेपालीको ९६, स्वतन्त्र सांसदको ८ सय ४४ र राष्ट्रिय सभामा मनोनीत सांसदको २ सय ३७ मतभार छ ।

राष्ट्रपतिमा निर्वाचित हुन कम्तीमा २६ हजार ३ सय १५ मतभार ल्याउनुपर्छ । कांग्रेस र माओवादी मात्रै मिल्दा मतभार २३ हजार ८ सय ८७ मात्रै हुन्छ, जुन बहुमतका लागि २ हजार ४ सय २७ ले अपुग हो । कांग्रेस उम्मेदवारलाई जनमोर्चा, नेमकिपा, प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाल संघीय समाजवादी, हाम्रो नेपाली पार्टीले पनि मत दिए ५ सय ७३ मतभार थपिन्छ । मतभार ९ सय ७१ रहेको लोसपाले महन्थ ठाकुरलाई राष्ट्रपति बनाउनुपर्ने भन्दै भेटवार्ता अघि बढाएको छ ।

अहिलेको सातदलीय गठबन्धन एकढिक्का रह्यो भने मतभार ३१ हजार ४ सय ४५ हुन्छ । यो प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएका १ र एमाले प्रवेश गरेका १ स्वतन्त्र सांसदको समेत मतभार हो । सत्ता गठबन्धन कायमै रह्यो भने उसले खडा गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुनेछ । तर, माओवादी अलग्गिएर कांग्रेससँग समीकरण बनाउँदा गठबन्धनका बाँकी दलको मतभार २३ हजार ७ सय हुन्छ । त्यस्तो अवस्थामा प्रतिनिधिसभाका दुई स्वतन्त्र सांसदले एमालेसहितको गठबन्धनलाई सघाउने देखिँदैन । राष्ट्रिय सभाका राष्ट्रपतिबाट मनोनीत तीन सांसदमध्ये एक जनाले एमालेलाई सघाउने निश्चित छ ।

एमालेसहितको गठबन्धनमा एकीकृत समाजवादी थपिँदा मतभार २६ हजार २ सय ७४ पुग्छ । यो मतभार राष्ट्रिय सभाका मनोनीत सांसद वामदेव गौतमले समेत मत हाल्दाको अवस्थामा हो । त्यति गर्दा पनि राष्ट्रपति निर्वाचित गराउन ४१ मतभार पुग्दैन । राष्ट्रिय सभाका एक स्वतन्त्र सांसद ९खिमलाल देवकोटा० ले मत दिए मतभार ७९ थपिन्छ । प्रदेशसभामा थप ११ स्वतन्त्र सांसद छन्, उनीहरूको मत जता पनि जान सक्छ । निर्वाचनमा मत बदर र ‘क्रस’ को जोखिम पनि रहन्छ । एमालेले अघि सार्ने उम्मेदवारलाई जसपा र नागरिक उन्मुक्ति पार्टीले सहयोग गर्ने सुनिश्चित पनि भइसकेको छैन ।

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

१५ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक