आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

एमाले—काङ सरकार र युक्रेनको अवस्था

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
लोकतन्त्रमा दलका नेता, सांसद र सभामुखको भूमिका !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रुस—युक्रेन युद्ध सुरु भएको ३ वर्ष पुगेको छ । अमेरिका र युरोपेली देशहरुको सैनिक संगठन नेटोमा आबद्ध हुन युक्रेन अग्रसर भएपछि रुसले त्यहाँ आक्रमण गरेको थियो । ३ वर्षसम्म अमेरिका र युरोपेली देशले युक्रेनलाई सघाए पनि अहिले भने अमेरिका पछि हटेको छ ।

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएसँगै उनले कहिले युक्रेनलाई सघाएबापत दुर्लभ खनिज पदार्थ पाउनुपर्ने बताएका छन् भने कहिले युक्रेनले नै युद्ध गरेको भनेर भ्रमपूर्ण अभिव्यक्ति दिएका छन् । अर्कोतर्फ युक्रेनलाई नै सहभागी नगराई रुससँग वार्ता गर्दै आएका छन् । अमेरिकाले रुससँग सम्बन्ध राम्रो बनाउँदै गर्दा त्यही अमेरिकाको भ्रम परेर युद्ध गरिरहेको युक्रेन र यसका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भने बिचल्लीमा परेका छन् । यदि अमेरिका रुससँग मिलेमा युक्रेनले आफ्नो ठूलो भूभाग रुसलाई छोड्नुपर्ने भएको छ ।

अमेरिकामा ट्रम्प प्रशासन आएसँगै उसका निर्णयहरुले विश्वभर तहल्का मच्चाएका छन् । अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएआईडी) ले विश्वभर दिँदै आएको सहयोग बन्द गर्ने निर्णयले नेपालजस्ता देशमा गैरसरकारी संस्था (आईएनजीओ) हरुमा आश्रित व्यक्ति, संघसंस्था प्रभावित भएका छन् । एमसीसी स्थगित गर्ने निर्णयले त्यसका परियोजना पनि बन्द भएका छन् । ट्रम्प प्रशासनका यी निर्णयका असरबारे नेपाली संसद्मा पनि बहस भएको छ । तर, मुख्य बहसचाहिँ युक्रेनजस्ता साना देशले शक्तिशाली राष्ट्रको आड लिएर अघि बढ्ना भविष्यमा देखिने समस्या र नेपालले सिक्नुपर्ने पाठका विषयमा हुनुपर्ने देखिन्छ ।

विश्वमा भूराजनीतिक ध्रवीकरण बढ्दो छ । एकातिर, युरोप—अमेरिकाको खेमा छ, अर्कोतिर रुस, चीन, उत्तर कोरियाजस्ता देशहरुको समूह । एसियाका मध्यपूर्वका मुस्लिम बाहुल्य देशहरुको संगठन पनि अहिले सशक्त रुपमा प्रस्तुत हुँदै आएको छ । एसियाका दुई शक्तिशाली राष्ट्र चीन र भारत आगामी दिनमा झनै शक्तिको केन्द्र बन्ने भएपछि विश्वको ध्यान यी देशहरुमा पनि छ ।

विशाल जनसंख्या, जुन जनशक्ति र बजारको दृष्टिले महत्वपूर्ण छ, त्यसैले पनि अन्य देशहरुको नजर भारत र चीनतर्फ बढेको हो । यी दुवै देश नेपालको छिमेकी भएकाले स्वाभाविक रुपमा यसको असर नेपालमा पनि पर्ने नै भयो । नेपालको भूराजनीतिक अवस्थितिको महत्वका कारण अहिले शक्तिराष्ट्रहरुको चासो यहाँ बढ्न थालेको छ ।

त्यसैले नेपालाई शक्तिराष्ट्रले दुरुपयोग गर्न सक्ने भएकाले त्यसतर्फ चनाखो हुन जरुरी छ । अहिले एमाले र कांग्रेसको गठबन्धन सरकार छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण नहुनुले भारतले यो सरकारलाई नरुचाएको देखिन्छ । अर्कोतर्फ चीन र भारत मिलेमा नेपालको वास्ता गर्नेछैनन् भन्ने उदाहरण लिपुलेकलाई प्रयोग गर्ने सम्बन्धमा यी देशले लिएका निर्णयले पनि स्पष्ट हुन्छ । नेपालका राजनीतिक दलहरु आन्तरिक विषयमा नै अल्झिँदा कूटनीतिको विषयमा गम्भीर रुपमा मन्थन हुन सकेको छैन । यही कारण नेपालले आफ्ना छिमेकी र सदियौंदेखि सम्बन्ध भएका चीन र भारतलाई पनि विश्वासमा लिन सकेको छैन । अर्कोतर्फ विश्वको बदलिँदो भूराजनीतिक ध्रुवीकरणलाई पनि विश्लेषण गरेर सरकारले आवश्यक कूटनीति अवलम्बन गर्न जरुरी छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

विश्वकपका लागि इंग्ल्याण्डले २६ सदसीय टोलीको नाम सार्वजानिक

विश्वकपका लागि इंग्ल्याण्डले २६ सदसीय टोलीको नाम सार्वजानिक

६ मिनेट अगाडि
नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ

नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ

२० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

तेलंगाना राज्यमा अत्यधिक गर्मीबाट १६ जनाको मृत्यु

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

रास्वपाका सभापति भारत भ्रमणमा जादै

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक