बिहि, कार्तिक १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

त्रिकोणात्मक एकदिवसीय सिरिजको नेपाल लगातार चौथो जित

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
त्रिकोणात्मक एकदिवसीय सिरिजको नेपाल लगातार चौथो जित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको नेपाल लगातार चौथो जित निकालेको छ।

सिरिजको अन्तिम खेलमा नेपालले मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा लिग(२ को च्याम्पियन स्कटल्यान्डमाथि २ विकेटको जित निकाल्यो। लिग(२ मा नेपालले लगातार चौथो खेलमा जित निकालेको यो पहिलो पटक हो।

२१३ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा ३५ बल बाँकी रहँदै पूरा गर्‍यो।

नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले ९५ रन हाने। नटआउट रहेका अर्का खेलाडी करण केसीले ३१ रन हाने।

नेपालका दुवै ओपनर चल्ल सकेनन्। ओपनरद्वय कुशल भुर्तेल १ रन र आसिफ शेख १२ रनमा आउट भए। कुशल दोस्रो ओभर र आसिफ सातौं ओभरमा आउट भएका थिए।

ज्ञानेन्द्र मल्ल २१ रन बनाएर खेलिरहदा मार्क वाटको एलबिडब्लूको धरापमा परे। ज्ञानेन्द्रले ३० बलमा ४ चौका प्रहार गरे।

कुशल मल्लले १७ जोड्दा सन्दीप जोरा १ रन, दीपेन्द्रसिंह ऐरी ७ रन र सोमपाल कामी २ रनमै आउट भए। लगातार विकेट गएपछि नेपाल दबाबमा परेको थियो। सन्दीप लामिछाने आठौं विकेटको रुपमा ९ रन बनाएर आउट भए।

बलिङमा स्कटल्यान्डका मार्क वाटले ३ विकेट लिए। उनले १० ओभरमा १ मेडन राख्दा २९ रन खर्चिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४६।१ ओभरमा २१२ रनमा अलआउट भयो।

स्कटल्यान्डका लागि ओपनिङ ब्याट्सम्यान जर्ज मन्जीले ६० रन जोडे। अर्का ओपनर केल कोइटजर २२ रनमा आउट भए। कप्तान रिची बेरिङटन शून्य र टोमस म्याकिनटोस १ रनमा आउट भए। चारै जनालाई सन्दीप लामिछानेले आउट गरेका थिए।

क्रिस्टोफर म्याकब्राइटलाई कुशल मल्लले २२ रनमा एलबिडब्लूको धरापमा पारे।

म्याथ्यु क्रसलाई दिपेन्द्रसिंह ऐरीले ३४।३ ओभरमा ४२ रनमा रनआउट गरे। दिपेन्द्रले डाइरेक्स हिटमार्फत क्रसलाई पेभेलियन फर्काएका थिए। दुई बलपछि करण केसीले माइकल लिस्कलाई शून्यमा बोल्ड गरे। यस्तै करणले ब्रेन्डन म्याकमुलनलाई ३१ रनमा ललितनारायण राजवंशीको हातबाट क्याच ‍गराए।

क्रिस ग्रेभ्सलाई ललितले ७ बलमा एलबिडब्लू आउट गरे भने मार्क वाट ८ रनमा आउट भए।

बलिङमा नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए। उनले १० ओभरमा ४५ रन दिए।

करण केसीले ३ विकेट लिए। उनले ८.१ ओभरमा ४२ रन खर्चिए। ललित र कुशल मल्लले १-१ विकेट लिए।

लिग(२ मा स्कटल्यान्ड च्याम्पियन बनेको थियो। लिग(२ को शीर्ष टिम स्कटल्यान्डले ३६ खेलबाट ५० अंक जोडेको छ। दोस्रो स्थानको ओमानले आफ्ना सबै ३६ खेल खेल्दा ४४ अंक जोडेको छ। तेस्रो स्थानको नामिबियाले अन्तिम ३४ खेलबाट ३७ अंक जोडेको छ। चौथो स्थानको अमेरिकाले सबै ३६ खेलबाट ३५ अंक जोडेको छ।

लिग(२ मा नेपाल छैटौं स्थानमा छ। नेपालले लिग(२ मा आफ्ना ८ खेल खेल्न बाँकी छदा २८ खेलबाट २६ अंक जोडेको छ। नेपालभन्दा माथि रहेको पाँचौ स्थानको युएईको २६ खेलबाट २७ अंक छ। पुछारको पिएनजीको २८ खेलबाट ५ अंक मात्र छ।

लिग-२ का शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। बाँकी चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ।

लिग-२ बाट स्कटल्यान्ड र ओमान विश्वकप छनोटमा पुगिसकेका छन्। अब बाँकी एक स्थानका लागि नामिबिया, नेपाल र युएईबीच प्रतिस्पर्धा छ।

आइसिसीले क्रिकेट विश्वकप २०२३ को छनोटका लागि तीन वटा लिग गरिरहेको छ। जसमा टेस्ट मान्यता प्राप्त १२ टिम र नेदरल्यान्ड्स गरी १३ टिमबीच सुपर लिग, नेपालसहित सात एकदिवसीय मान्यता प्राप्त टिमबीच लिग(२ र एसोसिएट टिमबीच प्रतिस्पर्धा भएको च्यालेन्ज लिग रहेका छन्।

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

१५ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

१६ घण्टा अगाडि

सुपर लिगबाट ७ टिम र आयोजक भारत गरी आठ टिम विश्वकप २०२३ मा पुग्नेछन्। अब दुई स्थानका लागि सुपर लिगका पाँच टिम, लिग(२ का तीन टिम र क्वालिफायर प्लेअफका दुई टिम गरी १० टिमबीच छनोट प्रतियोगिता हुँदैछ। क्वालिफायर प्लेअफमा लिग(२ का चार टिम र च्यालेन्ज लिगका दुई टिम गरी छ टिमबीच प्रतिस्पर्धा हुनेछ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक