काठमाडौं । काठमाडौं महानगरपालिका-५ कैलाशमार्ग डेरा गरी बस्ने काठमाडौं महानगरपालिका-१ नक्साल घर भएकी रिता मानन्धरको कोठाबाट नगद तथा सुनचाँदीका विभिन्न गरगहना गरी अन्दाजी ४ लाख ५३ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


