काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले विधान अधिवेशन आउँदो चैत्र २७, २८ र २९ गते काठमाडौंमा गर्ने भएको छ ।
जसपाको केन्द्रीय कार्यकारिणी समितिको आइतवार र सोमवार गरी दुई दिन बसेको बैठकले पार्टीको विधान अधिवेशन चैत्र अन्तिम हप्ता काठमाण्डौमा गर्ने निर्णय गरेको हो ।
बैठकले पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा विधान अधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको पार्टीको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
समितिको सदस्यहरुमा विजय यादव, सुशीला श्रेष्ठ, लालबहादुर तामाङ, अर्जुन थापा, विद्युत बज्राचार्य र न्हुच्छेलाल महर्जन रहेका छन् ।


