आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव बारे !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव बारे !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-नारायण शर्मा

हालै एमाले अध्यक्ष केपी शर्मा ओलीले सातदलीय सरकारी गठबन्धनका तर्फबाट विपक्षी गठबन्धनमा आबद्ध एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई राष्ट्रपति पदको उमेदवारको लागि गरेको अफर तत्कालीन कार्यनीति र राजनीतिक रणनीति दुवैका हिसाबले तुलनात्मक रुपमा सन्तुलित र सम्मानजनक छ ।

यो अफर एमाले र वर्तमान गठबन्धनलाई बचाइराख्ने एक उचित, उपयुक्त र उदार कदम पनि हो । विगतका आपसी रिसराग, आरोप-प्रत्यारोप, पूर्वाग्रह-प्रतिशोध र निषेध विशेषलाई मिटाएर देस, जनता र पार्टी-क्रान्तिको हित गर्ने प्रतिबद्धता र कटिबद्धता सहितको यो प्रस्ताव आएको हो भने यो एक सुविचारित जिम्मेवार कदम पनि हो । यो अफर राष्ट्रहित, जनहित र पार्टी-आन्दोलनहित विपरीत हिजो भए-गरेका गल्ती-कमजोरीलाई सच्चाएर जाने र देसलाई निकास र विकास दिने दृढ प्रण-प्रतिज्ञा र प्रतिबद्धता-कटिबद्धता सहित आएको हो भने त झन् धेरैको लागि स्वागतयोग्य पनि होला ।

आज देसका शक्तिशाली मानिएका कुनैपनि विचार-व्यवस्था, शक्ति-व्यक्ति, संघ-संस्था, मूल्य-मान्यता, नीति-विधि, प्रावधान-विधान आदिलाई मात्र होइन; पूरै देस र जनतालाई नै बदनाम गर्ने, विभाजन गर्ने, विघटन गर्ने र विसर्जन गर्ने अनि आफ्ना कुत्सित, कलुषित र कुनियतजन्य राजनीतिक, आर्थिक र सामरिक स्वार्थहरु पूरा गर्ने चालवाजी र षड्यन्त्र नजिक र टाठा-टाढाका विदेसी शक्तिकेन्द्रहरुबाट अत्यधिक रुपमै भैरहेको सर्वाधिक जटिल, गम्भीर र संवेदनशील अवस्था छ ।

यो खतरापूर्ण अवस्थाबाट मुक्त भै सबल र समृद्ध बन्ने-बनाउने दृष्टिले पनि तत्कालको लागि यो कदम उचित र आवश्यक दुवै देखिन्छ । यस्ले एकातिर एकीकृत समाजवादीको अस्तित्व अस्वीकार गर्दै आएको एमालेलाई लचिलो देखाएको छ र उसको अस्तित्व स्वीकारेको प्रमाणित गरेको छ भने अर्कातिर वामपन्थी वर्चस्वको वर्तमान सरकारलाई सुदृढ र सबल पार्दै पार्टी एकताको ढोका खोलेर अत्यधिक वाम जनमत र आम जनताको शान्ति, सुशासन र स्थिरताको चाहनालाई कदर गर्ने प्रयास समेत गरेको आभास भएको छ । यो स्थितिमा माधव नेपाल र उहाँको नेतृत्वको जिम्मेवार पार्टी नेतृत्वपंक्तिले विचार, बुद्धि र विवेक पुराएर यसलाई स्वागत गर्नु नै दुवै र सबैको लागि हितकर कुरा हुन्छ । बरु यसमा केही परिमार्जन गर्दा अझ राम्रो हुने निश्चित छ ।

त्यो परिमार्जन भनेको एकीकृत समाजवादीका सोही स्तरका एक बरिस्ठ देसभक्त नेता झलनाथ खनाललाई राष्ट्रपतिको उमेद्वार बनाउने र माधव नेपाललाई अन्तिम एक बर्षको अवधिको लागि प्रधानमन्त्री बनाउने नै हो । यसो गर्दा माधव नेपाललाई अहिले नै सकृय राजनीतिबाट सन्यास लिन पनि पर्दैन भने हाललाई मात्र होइन; पछिलाई समेत उहाँ कार्यकारी प्रमुख हुने र जीवनको उत्तरार्धमा राष्ट्रपति हुने सम्भावना पनि कायमै रहन्छ । यसरी अघि बढ्दा प्रथमतः एमालेभित्र तीनवटै बरिष्ठ नेताहरुको समुचित सम्मान र व्यवस्थापन हुनेछ भने द्वितीयत : माओवादी केन्द्र र तत्कालीन डबल नेकपाको फुट भएसँगै चिन्तित र तटस्थ भएर पुनर्एकताको लागि प्रयास र आस गरेका वामदेव गौतमलगायतका शक्ति र व्यक्तिको अभीष्ट र अपेक्षा पनि पूरा भै उहाँको समेत सम्मान हुने गरी पुनर्एकीकरण मात्र होइन; थप एकीकरण र ध्रुवीकरण समेत हुने अनि देसले सुशासन र विकासको दृष्टिबाट तुलनात्मक रुपमा केही बढी नै गति लिने सम्भावना बढ्ने छ ।

यद्यपि यो जनअपेक्षा र देसको यो आवश्यकतालाई फेरिपनि देसी-विदेसी शक्तिकेन्द्रहरुले पूरा हुन नदिन आफ्नो जीवनमरणको बल अवस्य नै लगाउने छन्, तथापि एकताबद्ध भएर पूर्ण जिम्मेवारी र वफादारीका साथ आफ्नो र पूरै देसको सम्पूर्ण शक्ति, बुद्धि र साहस लगाएर समर्पित भएर काम गर्ने हो भने देसी-विदेसी शक्तिकेन्द्रहरुका सबै प्रकारका अवांछित हर्कतहरुलाई पराजित गर्न अवश्य सकिने छ । यसरी लामो समयदेखि विदेसीहरुको उपग्रह वा उपनिवेस बन्दै आएको नेपाललाई स्वाधीन, स्वाभिमानी र समृद्ध नेपालको रुपमा अघि बढाउन र एक गौरव गर्न लायक देस बनाउन सकिने सम्भावना छ । आगे सम्बन्धित शीर्ष र शक्तिशाली नेताहरुमा देसभक्ति र जनप्रेम को चेतना, जिम्मेवारीबोध र बहनक्षमता भया !?

यो पनि पढ्नुहोस्

नेपाल सरकारलाई सहयोग गर्न अपिल

नेपाल सरकारलाई सहयोग गर्न अपिल

३ घण्टा अगाडि
प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक