बिहि, कार्तिक १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एमाले अध्यक्ष ओली र एसका अध्यक्ष नेपालबीच भेटवार्ता

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
एमाले अध्यक्ष ओली र एसका अध्यक्ष नेपालबीच भेटवार्ता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रपति चुनावलाई लिएर रस्साकस्सी चलिरहेका बेला सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। उक्त भेटमा राष्ट्रपति निर्वाचनलगायत समसामयिक विषयमा करिब डेढ घण्टा संवाद चलेको हो। एमाले अध्यक्ष ओलीले पार्टी एकतासहित राष्ट्रपतिमा नेपाललाई प्रस्ताव गरेका छन्।

कांग्रेसलाई राष्ट्रपति दिनुभन्दा नेपाललाई बनाउनु उपयुक्त हुने निष्कर्षसहित ओलीले यो प्रस्ताव राखेको स्रोतको दाबी छ। ‘रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाभन्दा माधवकुमार नेपाल नै राम्रो नि १’, एमालेका एक पदाधिकारीले भने।

ती पदाधिकारीका अनुसार यसो गर्दा पार्टी एकता पनि हुन्छ र कांग्रेससँग संसदमा हैसियत बराबर हुन्छ। संविधानको धारा ७६ ९३० मा जान सजिलो गराउँछ। प्रतिनिधिसभामा एमालेका ७९ र कांग्रेसका ८९ सांसद छन्। एकीकृत समाजवादीका १० जना एमालेमा थपिँदा कांग्रेससँग बराबर हुन्छ।

पार्टी एकतासहित ओलीले गरेको प्रस्तावमा नेपाल सकारात्मक रहेको स्रोतको भनाइ छ। ती स्रोतका अनुसार नेपाल राष्ट्रिय सहमतिमा आफू राष्ट्रपति बन्न तयार छन्। जसका लागि एमाले र माओवादीको प्रस्ताव र कांग्रेसको समर्थन हुनुपर्ने उनको अडान छ।

एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले दुई नेताबीच सिंहदरबारमा भेटवार्ता भएको पुष्टि गरे। एमालेबाट पार्टी एकतासहित राष्ट्रपतिमा नेपाललाई प्रस्ताव आएको कुरा भने नभएको खतिवडाले भने बताए।

‘प्रचण्ड ९माओवादी अध्यक्ष एवं प्रधानमन्त्री० कांग्रेसलाई राष्ट्रपति बनाउने जोडमा हुनुहुन्छ’, उनले भने, ‘दुई नेता ९ओली र नेपाल०को भेटमा यस्तो कुराकानी भएको छैन। विचार आदानप्रदान भएको छ।’

उनका अनुसार दुई नेताबीच समसामयिक विषयमा छलफल भएको हो। ‘पार्टी एकता यत्तिकै हुने कुरा पनि होइन। पार्टी एकताजस्तो विषय दुई नेताबाट टुंगिने कुरा होइन। आम कार्यकर्ताको भावनाअनुसार मात्रै हुन्छ’, उनले भने।

नेपालले २०७८ भदौ २ मा एमाले फुटाएर एकीकृत समाजवादी बनाएका थिए। ओली र नेपालबीच लामो समयदेखि कटुता रहँदै आएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल पुस १० को सहमतिबाट टाढिँदै कांग्रेससँग नजिक हुन थालेपछि ओली र नेपालबीच भेटवार्ता भएको हो। उनीहरूबीच वाम गठबन्धनबाट राष्ट्रपति बाहिर जान दिन नहुने विषयमा छलफल भएको छ।

नेपाल र दाहालबीच पनि सोमबार नै भेट भएको थियो। कांग्रेस सभापति शेरबहादुर देउवासहित नेतासँग आइतबार साँझ दाहालको भेट भएको थियो। उनले कांग्रेस नेतासँग पनि एमालेले नेपालको नाम प्रस्ताव गर्न सक्ने संकेत गरेका थिए।

माओवादीले पदाधिकारी बैठक नै बसाएर स्वार्थ मिल्नेसँग राष्ट्रपति निर्वाचन सहकार्य हुने निर्णय गरेको छ। राष्ट्रपति निर्वाचनको विषयमा निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ। उसले कांग्रेस वा एमाले कसको प्रस्तावको पक्षमा लाग्ने भन्ने निर्णय भने गरेको छैन।

एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले ओली र नेपालबीचको भेट अर्थपूर्ण रहेको बताए। यद्यपि उक्त भेटघाटबारे उनले अनभिज्ञता जनाए। दुई वामपन्थी नेताबीच भेटघाट हुनु सकारात्मक भएको गुरुङले बताए। ‘जे जति खेल भए पनि १० गतेको सहमति आजसम्म भत्किएको छैन’, उनले भने, ‘त्यो सहमतिअनुसार एमालेकै प्रस्तावित उम्मेदवार राष्ट्रपति हुन्छन्।’

एस पार्टीका नेता मेटमणि चौधरीसहित भैरहवा पुगेका छन्। सभामुख देवराज घिमिरे, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल पनि भैरहवा नै पुगेका छन्।

नेपाल सोमबार साँझ ७ः४१ बजे उडानबाट भैरहवा पुगेको स्रोतले जनाएको छ। नेपाल राति ८ः१२ बजे भैरहवा अवतरण गरेर वार्तास्थलमा पुगेका छन्। ती स्रोतका अनुसार दुवै पक्षबीच वार्ता भएको छ। छिट्टै पार्टी एकताको घोषणा हुने र राष्ट्रपतिमा एमालेका तर्फबाट नेपाल उम्मेदवार बन्ने उनको दाबी छ।

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

१५ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक