मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ढोरपाटनमा दोस्रो सिकार याम सुरू

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
ढोरपाटनमा दोस्रो सिकार याम सुरू
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बागलुङ। नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा दोस्रो सिकार याम सुरू भएको छ। फागुन–वैशाखका लागि ढोरपाटनमा सिकार गर्न इच्छुकबाट प्रस्ताव आह्वान भएको छ। राष्ट्रिय निकुञ्जमा सिकार प्रतिस्पर्धाबाट गराउनका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दरभाउपत्र आह्वान गरेको हो।

१५ दिनभित्र पेश हुने प्रस्तावहरूबाट बढीबढाउका आधारमा सिकार कम्पनीले नाउर, झारल र बँदेलको सिकार अनुमति पाउने छन्। आरक्षमा यस आर्थिक वर्षको दोस्रो यामका लागि १२ नाउर र ८ झारलको सिकार कोटा तोकिएको छ। यस सिजनमा नेपाली नागरिकका लागि ७ बँदेल र विदेशी नागरिकका लागि ४ बँदेल गरी जम्मा ११ वटा बँदेल सिकार कोटा तोकिएको आरक्षका प्रमुख संरक्षण अधिकृत विरेन्द्र कँडेलले बताए।

विभागका अनुसार आरक्षमा तोकिएको ब्लक र निर्धारण गरिएको कोटाको आधारमा प्रतिस्पर्धाबाट नाउर, झारल र बँदेलको सिकार गरिने भएको छ। यसका लागि व्यक्ति तथा संघसंस्थाले निवेदन दिन सक्ने विभागले जनाएको छ।

आरक्षमा बर्सेनि असोज–मंसिर र फागुन–वैशाख गरी दुई पटक सिकार खुल्छ। विभागले गराउने अन्तर्राष्ट्रिय बोलपत्रको प्रतिस्पर्धाबाट छानिएका कम्पनीले विदेशी व्यवसायिक सिकारीलाई नेपाल भित्र्याउँछन्। यस वर्षको पहिलो सिकार यामका लागि ८ नाउर र ५ वटा झारलको सिकारको अनुमति रहेकोमा पाँच नाउर र चार झारलको मात्रै सिकार भएको थियो। अघिल्लो सिकार याममा सिकार हुन नसकेका नाउर र झारल समेतलाई थप गरेर वर्षको दोस्रोयाममा सिकार अनुमति दिन लागिएको हो। पहिलो सिकारयाममा कुनै पनि नेपाली र विदेशीले सिकारका लागि चासो नदेखाए पनि दोस्रोयाममा बँदेलको सिकारका लागि प्रस्ताव आह्वान गरिएको छ।

‘अनुमति लिएका विदेशीले निःशुल्क बँदेलको सिकार गर्न पाउँछन्’, कँडेलले भने, ‘नेपालीलाई पनि सामान्य शुल्क लिएर सिकारका लागि अनुमति लिन प्रस्ताव आह्वान गरिए पनि अहिलेसम्म कोही आएका छैनन्।’ सिकार पर्यटनबाट प्रतिवर्ष करोडौं रुपैयाँ राजश्व जम्मा हुन्छ। सिकार कम्पनीको प्रतिस्पर्धाका आधारमा सिकारको राजश्व दर घटबढ हुने हो सिकार गरेपछि अधिकांश सिकारीले मासु खाएर सिंङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन्। विदेशी सिकारीहरू खास गरि ट्राफिका लागि ढोरपाटनमा सिकार खेल्न आउने गरेको पाइन्छ।

यो पनि पढ्नुहोस्

नेपाली मनोचिकित्सक बस्नेतलाई नामी सम्मान प्रदान

नेपाली मनोचिकित्सक बस्नेतलाई नामी सम्मान प्रदान

२२ मिनेट अगाडि
अमेरिकी वायुसेना विमान दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु

अमेरिकी वायुसेना विमान दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु

३१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अवैध लागूऔषध गाँजा बरामद

चीन नेपालकाे आधुनिकीकरण यात्रामा साझेदार रहने

साउदीले सामान्य पेसाकाे सीप परीक्षण गर्ने

शिक्षक सरुवामा कडाइ

रियलमीकाे दुई नयाँ स्मार्टफोन सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक