बिहि, कार्तिक १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

रवि र लिङ्देनसँग आरजूको गोप्य वार्ता

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
गृह मन्त्रालयमा मन्त्री नभेटे पनि कानुन बमोजिम काम गर्न सकिन्छ– गृहमन्त्री लामिछाने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सत्ता समीकरणको रस्साकस्सीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजू राणा देउवाले विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्न थालेकी छिन् । सोमबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटघाट गरेकी छिन् । उनीहरुलाई राणाले छुट्टाछुट्टै भेटघाट गरेकी हुन् । सोमबार बिहान रविले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेपछि राणालाई भेटेका हुन् ।

उनीहरुबीच गैर कम्युनिष्ट पार्टीको सरकार बन्ने संभावना र राष्ट्रपति निर्वाचनमा एमाले बाहेकका दलहरुबाट उम्मेदवार बनाउने विषयमा छलफल भएको स्रोतको दाबी छ । भेटघाटमा ललितपुरको एक निजी घरमा उनीहरुबाी गोप्य वार्ता भएको स्रोतको दाबी छ । सोमबार नै नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनका सम्बन्धमा कुनै पनि निर्णय नगरेको अवस्थामा कांग्रेस नेतृ राणाले दुई दलका नेताहरुलाई भेटेर राजनीतिक कोर्स परिवर्तन गर्न खोजेको आभाष दिलाएकी छिन् । ‘आरजू राणालाई भेट्न रवि लामिछाने र राजेन्द्र लिङ्देन आउनु भएको थियो’, राणा निकट रहेका एक नेताले बताए ।

राष्ट्रपतिमा निर्वाचित हुने निश्चित भए शेरबहादुर देउवा आफैँ राष्ट्रपतिका लागि तयार हुने हल्ला चलिरहेको र आरजू राणाले चुनाव लक्षित भेटघाट गर्नुले राजनीतिमा कोर्स करेक्सनको दिशातर्फ उन्मुख हुन लागेको हो कि भन्ने शंका गरिएको छ । सोमबार बिहानमात्रै रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेर एमालेसहित बनेको सत्ता गठबन्धन नभत्किने र राष्ट्रपतिमा एमालेलाई सहयोग गर्ने बताएका थिए । तर दिउँसो आरजू राणासँगको भेटघाटमा के भयो भन्ने बारेमा केही पनि जानकारी बाहिर आएको छैन । उता लिङ्देनले पनि के विषयमा कुराकानी गरेका छन् भन्ने बारेमा कुनै जानकारी आएको छैन । अहिले सत्ता समस्करण र राष्ट्रपति निर्वाचनको माहोल चलिरहेको बेला उनीहरुबीच सोही विषयमा कुराकानी भएको हो भन्ने अनुमान गरिएको छ । आइतबार साँझ राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न कांग्रेस देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा र कृष्णप्रसाद सिटौलालाई साथमा लिएर बालुवाटार पुगी प्रचण्डसँग छलफल गरेका थिए ।

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

१५ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक