बिहि, कार्तिक १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

करोडौंकाे तस्करी: राजस्व अनुसन्धान विभागको उपस्थिति कमजोर

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
करोडौंकाे तस्करी: राजस्व अनुसन्धान विभागको उपस्थिति कमजोर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भारत र नेपालका विभिन्न नाकाबाट राजस्व छली गरी करोडौ मूल्यका वस्तु तथा कपडाको तस्करी हुने क्रम बढे पनि राजस्व अनुसन्धान विभागले नाकाहरूमा कडाइ गर्न सकेका छैनन् । राजस्व अनुसन्धान विभाग अस्थिर बनेसँगै तस्करले मौकाको फाइदा उठाउँदै तस्करी व्यापक पारेका हुन् ।

विभागमा एक वर्षमा चार जनासम्म महानिर्देशक परिवर्तन हुने गरेका छन् । जसको फाइदा तस्करले उठाउने गरेका छन् । पछिल्ला केही समयदेखि सीमा नाकामा राजस्व अनुसन्धान विभागको उपस्थिति पनि कमजोर रहेको पाइएको छ ।

राजस्वको कमजोर उपस्थिति भएपछि नाकामा चोरीपैठारीमार्फत करोडांै मूल्यका रड, सिमेन्ट, खाद्यन्न, कपडा, चिनी, हार्डवेयर सामान तस्करी हुने क्रम बढेको हो । यसरी तस्करी हुने क्रम बढे पनि राजस्व अनुसन्धान विभागले नाकामा कडाइ गर्न सकेको छैन ।

विभिन्न सामान ठूलो परिमाणमा तस्करी गरी काठमाडांै ल्याएर बिक्रीवितरण भइरहेको स्रोतको दाबी छ । तर, विभागले तस्करी गर्नेहरूको खोजतलास गर्न सकेको छैन ।

राजस्व अनुसन्धान विभाग स्रोतअनुसार नवलपरासी, सिराहा, सप्तरी, वीरगन्जको ठोरीलगायतका नाकाबाट भन्सार छली गरी ठूलो मात्रामा सामान भित्रिरहेका छन् । तर, विभाग अस्थिर बन्न पुग्दा त्यसरी हुने तस्करी नियन्त्रणमा समस्या परेको विभागका कर्मचारीको गुनासो छ । विभागमा तीन-तीन महिनामा महानिर्देशक फेरिन पुग्दा तस्करलाई सहज हुने गरेको विभागकै अधिकारीको भनाइ छ ।

राजस्व अनुसन्धान विभागले तस्करी नियन्त्रण गर्न भीसीटीएस प्रणाली लागू गरे पनि कतिपय व्यवसायीले कारोबार गर्दा सो प्रणालीमा आबद्ध नगरी कारोबार गरिरहेका छन् । तर, पनि विभागले सो प्रणालीमा आबद्ध नहुनेहरूलाई खोजी गरी कारबाही गर्न सकेको छैन ।

अहिले पनि वस्तुको ओसारपसार गर्दा बिल र भीसीटीएस प्रविष्ट गरेको प्रमाणसँगै लिएर चालक एवं संलग्न कर्मचारी हिँडेको तर कतिपय कारोबार वैधानिक तवरबाट पैठारी नभएका वा खरिद भएका वस्तु मात्र नभई चोरीपैठारीबाट भित्रिएका मालवस्तुसमेत एकै बिलबिजकबाट ओसारपसार हुने गरेको स्रोतको दाबी छ ।

यसरी हुनेगर्छ तस्करी
राजस्व अनुसन्धान विभागका कर्मचारीअनुसार तस्करले भन्सार नाकाभन्दा बाहिरको ठाउँबाट सामान ओसारपसार गरी सीमाक्षेत्र नजिकैको गाउँमा थुपार्ने र त्यहीँबाट सानोसानो परिमाणमा मालवाहक ट्रकबाट ओसारपसार गर्ने गरेका छन् । पछिल्लो समय त्यसरी सामान थुपार्न चितबन जिल्लालाई हबका रूपमा प्रयोग गर्ने गरेको पाइएको छ ।

त्यसरी चितवनमा जम्मा गरिएका तस्करीका सामान त्यहीँबाट विभिन्न जिल्लामा पठाउने गरिएको बताइन्छ । तस्करले सामान राख्न नाकानजिकैका मुख्य सहरी क्षेत्रबाट नजिक पर्ने गाउँ र त्यहाँका मानिसलाई प्रयोग गर्ने गरेका छन् ।

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

१५ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक