नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.६० अंकले घटेको छ। सोमबार परिसूचक २३.६० अंकले घटेर २ हजार ४६ विन्दुमा झरेको हो। उच्च अंकले घटेको बजारमा ३२ कम्पनीको सेयरमूल्य बढेको छ भने बाँकी १७७ कम्पनीको घटेको छ।
आज २५८ कम्पनीको ६० लाख ९१ हजार हजार ३५३ पटकको कारोबार हुँदा १ अर्ब ९४ करोडको कारोबार भएको छ। नेप्सेमा राप्ती हाइड्रो एण्ड जनरल कन्र्टक्सन कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ।
जीवन विकास लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.१५ प्रतिशतले घटेको हो। हिमालयन डिस्टीलरीको सर्वाधिक २० करोड ८२ लाखको कारोबार भएको छ।


