मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पर्यटकीय गन्तव्य बन्दै ‘ब्रम्हायणी उद्यान’

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
पर्यटकीय गन्तव्य बन्दै ‘ब्रम्हायणी उद्यान’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । ललितपुरका शान्ति खड्की नालामा रहेको ब्रम्हायणी उद्यान घुम्न पाउँदा दङ्ग देखिन्छिन् । उनि सामाजिक सञ्जाल टिकटकमा ब्रम्हाको पूर्णकदको मूर्तिसहितको उद्यान बनेको थाहा पाएपछि घुम्न आएको बताएको हो ।

“ अग्लो ठाउँमा उज्यालो देखिने ब्रम्हाको मूर्तिसहितको पार्क निकै रमाइलो र मनमोहक देखिन्छ । यहाँको सुन्दरतालाई जोगाएर राख्न सके थप आकर्षणको केन्द्र बन्नेछ”, उनले भनिन्, घुम्न गएको ठाउँमध्ये नालाको ब्रम्हायणी उद्यान निकै आकर्षक देखिन्छ ।”

टिकटकमा यहाँको दृश्यसहितको सन्देश हेरेर आन्तरिक पर्यटक घुम्न आउने गरेको स्थानीयवासीले बताए । अहिले ब्रम्हायणी उद्यान घुम्न र दर्शनका लागि आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ ।

नाला बजार निवासी श्याममाया देउला पनि आमालाई लिएर ब्रम्हायणी उद्यान घुम्न आइन् । उनले घर नजिकै धार्मिक पर्यटकीय केन्द्र बनेको र टाढा टाढाबाट मानिस घुम्न आएको देखेर आफू पनि आएको जानकारी दिइन् । शनिबारका दिन यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ मन्दिरै मन्दिरले घेरिएकाले यहाँ धार्मिक पर्यटक बढ्ने गरेकामका ब्रम्हा उद्यानले नाला क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएको छ ।

भूइँचालोडाँडा नामले चिनिने सो ठाउँमा उद्यान बनेपछि नयाँ गन्तव्य थपिएको हो । नाला क्षेत्रमा ऐतिहासिक तथा धार्मिक करुणामाई, उग्रचण्डी र नाला भगवतीलगायत मन्दिर छन् ।

महादेव खोला ब्रम्हायाणी उत्तरगया विकास समाजले नाला धार्मिक पर्यटनको अर्को गन्तब्य बनाउने उद्देश्यले ब्रम्हाको पूर्णकदसहितको मूर्ति बनाएको जनाएको छ । यहाँ ब्रम्हासहित दश अवतार मत्स्य, कुर्म, बराह, नृसिंह, परशुराम, बामन, राम, कृष्ण, बुद्ध, कल्किको मूर्ति निर्माण गरिएको छ ।

चर्तुरायण ब्रम्हायणीको मूर्ति राखेर दश अवतारका देवता भएको उद्यान निर्माण गरेपछि स्थानीयवासीले व्यवसाय गरेर आम्दानी गर्न थालेका छन् । करिब एक महिना अगाडिदेखि उद्यान छेउमा चटपटे, पानीपुरी र अन्य तयारी सामान बिक्री गरी व्यवसाय सञ्चालन गर्दै आएकि नाला–४ का मञ्जु खत्रीले दैनिक एक हजार आम्दानी गर्दै आएको बताइन् ।

अरु बेला मानिसको आवागमन सामान्य रहेपछि बिदाको दिन र शनिबार घुम्न आउनेको घुइँचो लाग्ने गरेको उनले उल्लेख गरिन् । पछिल्लो समयमा सो ठाउँमा घुम्न जानेको सङ्ख्या उल्लेख्य वृद्धि भएपछि उद्यान आसपासमा आधा दर्जन साना व्यसवसायीले व्यवसाय सुरु गरेर आम्दानी लिन थालेका छन् ।

करिब ९० रोपनी क्षेत्रफलमा फैलिएमध्येको खाली क्षेत्रमा पार्कसहितको बगैँचा निर्माण गर्न लागिरहेको समितिका अध्यक्ष पुरुषोत्तम सापकोटाले बताए । स्थानीयस्तरबाट नै चन्दा सङ्कलन गरी निर्माण गरिएको उद्यान र ब्रम्हमूर्तिको राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ३० गते उद्घाटन गरेकि थिइन् । रासस

यो पनि पढ्नुहोस्

लागुऔषध प्रयोग नगर्न प्रतिबद्धता गराउने

लागुऔषध प्रयोग नगर्न प्रतिबद्धता गराउने

१० मिनेट अगाडि
एक सय ५० किलो लागूऔषध गाँजासहित दुई जना पक्राऊ

अवैध लागूऔषध गाँजा बरामद

३१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

चीन नेपालकाे आधुनिकीकरण यात्रामा साझेदार रहने

शिक्षक सरुवामा कडाइ

रास्वपा सुदूरपश्चिमको नयाँ नेतृत्व चयन गर्न मतदान जारी

स्वास्थ्यसम्बन्धी निकायमा आवेदन आह्वान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक