आइत, बैशाख २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

जनयुद्धका एजेन्डा छोडेर जनयुद्ध दिवसको भ्रम किन ? 

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
जनयुद्धका एजेन्डा छोडेर जनयुद्ध दिवसको भ्रम किन ? 
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
विगतमा प्रदेश तथा पार्टी स्तरमा मनाइँदै आएको जनयुद्ध दिवसलाई यसपटक भने संघ सरकारले देशभर राष्ट्रिय रुपमा मनाउने निर्णय ग¥यो ।
 तत्कालीन माओवादी जनयुद्ध थालनीका सुप्रिमो कमाण्डर तथा हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध दिवसको दिनमा सार्वजनिक बिदा नै घोषणा गरिदिए । तर हरेक वर्षझैं यस पनि पनि यो दिवस मनाइरहँदा के जनयुद्धका एजेन्डाहरु पूरा भए त ? माओवादीले जनतालाई जुन सपना र भरोसा दिएको थियो, ती पूरा भए त ? भन्ने बहस सृजना भएको छ । त्यही जनयुद्धकै बलमा सत्तामा स्थापित भएका तत्कालीन माओवादीका नेताहरु प्रचण्ड तथा बाबुरामले जनयुद्धको मागलाई कत्तिको न्याय गरे त ? यो प्रश्न अहिले देश र जनताले खोजिरहेको छ ।
२०५२ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे माग पेस गर्दै माओवादीले जनयुद्ध थालेको थियो । त्यतिबेला माओवादीले गरिब, श्रमिकको जनजीविकाका विषय तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरु उठान गरेको थियो । माओवादीले नेपाल–भारत सन्धि लगायतका सम्पूर्ण असमान सन्धि सम्झौताहरु खारेज गर्न, नेपालका जलसम्पदामा भारतीय कब्जा हटाउन, नेपाल–भारत खुल्ला सिमाना नियन्त्रित र व्यवस्थित गर्न, गोरखा भर्ती केन्द्र रद्द गर्न र नेपालीहरूलाई स्वदेशभित्रै सम्मानजनक रोजगारीको व्यवस्था गर्न माग गरेको थियो । तर, पटकपटक सत्तामा पुगेको माओवादी अहिले आफ्नै एजेन्डाबाट भागिरहेको छ भन्दा फरक नपर्ला ।
माओवादीले नेपालको उद्योगधन्दा, व्यापार र वित्तीय क्षेत्रमा विदेशी एकाधिकार पुँजीको आधिपत्य अन्त्य गर्न, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास हुने गरी भन्सार नीति तय र लागू गर्न, साम्राज्यवादी तथा विस्तारवादी सांस्कृतिक प्रदूषण र अतिक्रमणको अन्त्य गर्न माग गरेको थियो । त्यही एजेन्डा लिई जनयुद्ध गरेको र सत्तामा पुगेको माओवादीले आफ्नो नेतृत्व भए पनि यी माग पूरा गर्न सकेको छैन ।
उद्योग, कृषिलगायतका सबै क्षेत्रमा काम गर्ने मजदुरहरूको न्यूनतम ज्याला निर्धारण, सुकुम्वासीहरूलाई बसोबासको उचित व्यवस्था, गरीब किसानहरूलाई पूर्ण रूपले ऋण मुक्त, मल, बीउ सस्तो र सुलभ हुनुपर्ने जस्ता माओवादीका मागहरु ऋहिले सम्म पनि फगत मागमा नै सीमित छ । माओवादीले उठाएका केही एजेन्डा पूरा नभएका पनि होइनन्, तर व्यवस्था बदल्ने तर जीवन नबदलिने कारणले जनतामा अझै पनि निराशा छ ।
त्यसकारण जनयुद्ध दिवस मनाउनुको अर्थ यसलाई केवल सम्झना मात्र गर्नु होइन । जबसम्म जनयुद्धका एजेन्डा पूरा हुँदैनन्, तबसम्म दिवस मनाएर मात्र केही फरक पर्दैन । न त जनयुद्धमा बलिदानी दिएका सहिदहरुप्रति सच्चा सम्मान नै हुनेछ ।
वर्तमान सरकार त्यही जनयुद्धको बलमा आएको पार्टी माओवादीले नेतृत्व गरिरहेको छ । जनयुद्धको नेतृत्व गरेका प्रचण्ड प्रधानमन्त्री छन् । उनले विगतमा आफ्ना सहयात्रीलाई संगठित गर्ने, कम्युनिस्ट नेताहरुले आफ्नो स्वार्थहरु छाड्ने र जनताका जीवनस्तर बदल्न काम गर्ने हो भने पक्कै पनि जनयुद्ध दिवस मनाउनुको औचित्यसिद्ध हुनेछ । त्यही नै जनयुद्धका सहिदहरु प्रति साँचो अर्थमा श्रद्धाञ्जलि हुनेछ, आगे जनयुद्धको ब्याज खाईरहेका साहुहरुलाई चेतना भया !

यो पनि पढ्नुहोस्

राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफल

राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी

५३ मिनेट अगाडि
उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

एनआईसी एसिया ए डिभिजन लिगको बैंकिंग पार्टनर बने

चक्रपथको दोस्रो खण्ड : चीनको ११ अर्ब अनुदान, असारभित्रै काम सुरु हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक