बुध, अशोज २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

आर्टिफिसियल इण्टेलिजेन्स कति ठीक कति बेठिक बुझ्नैपर्ने अबस्था

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लोकनारायण सुबेदी

आर्टिफिशियल इण्टेलिजेन्स बिज्ञान–कथा चलचित्र इतरको हाम्रो दैनिक जीवनमा प्रमुखरुपमा सामेल भइसकेको छ । १९५० को दशकमा एआईको उद्भव पछि हामीले हरेक दशकमा कृत्रिम बुद्धिको क्षमतामा अबिश्वनीय बृद्धि देखेका छौं । आज स्मार्ट फोन या यस्तै अन्य उपकरणहरुको उपयोगका बेला एआई आधारित सहायकहरु जस्तो कि ‘कोर्टाना, सिरी र एलेक्सा’ जस्ता एआई उपकरणहरु धेरै देशहरुमा दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेका छन् ।

आज त एआईको उपयोगबाट ल्यूकेमिया र एमायोट्रोफिक ल्याटरल क्लेरोसिस(एएलएस) जस्ता बिमारीहरुको समेत भबिष्यबाणी गर्न थालिएको चिकित्सकहरु बताउछन् । एआईले कृषिमा उत्पादकता बढाउनका लागि अनुदेश दिइरहेको छ । फेसबुक, यूट्यूब जस्ता प्लेटफर्महरु कसैको नि ब्राउजिंगको निगरानी तपाईको मनपरेको बिषयमा आलेख, बिडियो इत्यादि प्रस्तुत गरिरहेका छन् । तीन बर्ष अघि नोभेम्बर २०२२ का दिन च्याट जीपीटको अनावरण भए पछिदेखि नै आर्टिफिशियल इण्टेलिजेन्शको प्रभाव र दुष्प्रभावको चर्चा जोडदाररुपमा चलिरहेकोछ ।कतिपय बिशेषज्ञहरुको रायमा एआईले बेरोजगारी बढाउने छ ।

यस सम्वन्धमा छिमेकी देशहरु चीन र भारतको स्थितिको कुरा गर्दा त्यहाँ यसको उपयोग तीब्रगतिमा बढिरहेकोछ । बैंकिङ्ग क्षेत्र, स्वास्थ्य क्षेत्र या बिनिर्माण हरेक क्षेत्रमा प्रौद्योगिकी र यन्त्रहरुको बुद्धिमत्ताको उपयोग गरेर दक्षता बढाउने प्रयास त्यहाँ चलिरहेको छ । प्रसिद्ध अनुसन्धान संस्था टीमलीज डिजीटलको एउटा प्रतिबेदनका अनुसार यो शरु भएको २०२५ अन्त्यसम्ममा भारतको मात्रै कुरा गर्दा पनि उसको सकल घरेलु उत्पादनमा एआईको मद्दतले न्यूनतम ५०० डलरसम्मको बृद्धिको सम्भावना छ भनिदैछ, त्यो आगामी २०३५ सम्ममा ९५० डजरसम्म पुग्न सक्ने पनि बताइएको छ । बिशेषज्ञहरुका अनुसार कोभिड महामारी पछि एआईको अधिक प्रचलन हुन थालेको छ । त्यो ब्यवसाय सञ्चालन र डिजीटल परिबर्तनका अधिकांश ब्यवसायहरुका लागि आबश्यक कुरा बन्न पुगेको छ । बिस्तारै बिस्तारै साना शहरहरुबाट पनि प्रिमियम एआई आधारित उत्पादनहरुको माग बढ्दै गएको छ । निश्चितरुपमा एआईमा नवाचार, अझ राम्रो उत्पादकता, लागत अनुकूलन र बिकासको अवसर पैदा गरेर अर्थब्यवस्थालाई अझ राम्रो तुल्याउने क्षमता छ । यसमा लगानी गरेर एआई कौशल र आवश्यक ढाँचाको बिकासमा यसको सकारात्म लाभ प्राप्त गर्नका लागि पनि तयारी भइरहेको छ ।

अहिलेसम्म अधिकांश एआई बिकास र लगानी पश्चिमा देशहरुमा देखिएको छ तर अब टिमलीजका अनुसार भारतीय एआई सफ्टवेयर क्षेत्रमा २०२५ को अन्त्यसम्ममा बर्षेनी १८ प्रतिशत या त्यो भन्दा पनि बृद्धि हुने सम्भावना देखाएको छ भने चीन यस क्षेत्रमा भारतभन्दा धेरै अगाडि गइसकेको बिभिन्न क्षेत्रमा यसको बढ्दो उपयोगले देखाएको छ । आज एआईको मद्दतले उन्नत क्षेत्रहरुका अतिरिक्त परम्परागत क्षेत्रहरुमा पनि महत्वपूर्ण काम भइरहेको छ । एआईद्वारा सञ्चालित ३ डी मोडलिङ्ग र स्क्यानिङ्ग प्रबिधिको उपयोग गरेर पूरातत्वबेत्ताहरुले सम्बृद्ध ऐतिहासिक धरोहरहरु, कलाकृतिहरु र प्राचीन खण्डहररुको बिस्तृत र सटिक डिजिटल प्रतिकृतिहरु बनाउन सक्छन् । आर्टिफिशियल इण्टेलिजेन्सको उपयोग अहिले पनि प्रारम्भिक चरणमै छ । तर जटील समस्याहरुको समाधान र उद्योगहरुमा स्वचालनका लागि एआईको उपयोग बढ्न थालेको छ । एआईमा कतिपय उदाउँदा प्रौद्योगिकीहरु पनि सामेल छ जो स्व–सुधार एल्गोरिदम, यन्त्र लर्निङ्ग, बिग डाटा र प्याटर्न पहिचान पनि शामेल छन् । यो एआई अहिले पनि एउटा उदाउदो क्षेत्र हो, जसमाा नवाचारका असीमित सम्भावनाहरु छन् । भबिष्यमा यसको आश्चर्यचकित हुने खालका अनुप्रयोग हामीले देख्नेछौं । एआईको प्रयोग सामााजिक सशक्तिकरणा र समावेशनलाई आधार बनाएर पनि गर्न सकिने सम्भावना छ । एआईले शताब्दीयौं पुराना सामाजिक र सामरिक समस्याहरुको समाधान पनि निकाल्न सक्तछ ।

आज जहाँ अमेरिका र चीन जस्ता प्रमुख अर्थब्यबस्थाहरु एआई महाशक्ति बन्नका लागि ठूलो प्रतिस्पद्र्धा गरिरहेका छन् । भारत पनि यतिबेला ‘एआई फर अल’ कार्यक्रम अन्तरगत यसलाई सशक्तिकरण र समावेशनमा केन्द्रित गर्न थालेको छ । त्यहाँका सार्वजनिक तथा निजी क्षेत्रले बितेका केही बर्षयता एआई सञ्चालित उपकरणहरुको उत्पादन गरेको छ जसले अनगिन्ती मानिसहरुको जीवनलाई सकारात्मकरुपमा प्रभावित तुल्याइरहेको बताइन्छ ।एआईका दुष्प्रभावहरुको बढ्दो चर्चा हुँदै गर्दा च्याट जीपीटीका निर्माता कम्पनी ओपन एआईका सीईओ सेम अल्टम्यानलाई अमेरिकी संसदीय प्यानलले चर्चाका लागि बोलाएको पनि थियो । अमेरिकी संसदीय प्यानल र अल्टम्यानले कृत्रिम बुद्धिमत्ताबाट समाजलाई हुने खतरा र चेतावनीहरुमाथि बिचार बिमर्श पनि गरे ।

खागरी एआईको बिकास र उपयोगले बेरोजगारी पैदा हुने खतराका सम्वन्धमा वास्तबिकता कम र आशंका बढी रहेको पनि औंल्याइएको थियो । हरेक पटक जहाँ पनि नयाँ प्रबिधिको बिकास हुँदाखेरी एउटा तप्काले त्यसको नकारात्मक प्रभावको बढी चर्चा शुरु गरिदिन्छ । एआईको मद्दतबाट नीरस र कम उत्पादकताका कामहरु सजिलैसँग फत्ते हुन सक्छन् । प्रत्यक्षरुपमाा एआईले कामको गुणस्तरीयतालाई बढाउँदछ । वास्तवमा यो एआई कतिपय आधारभूत कार्यमा प्रभावकारी ठहरिनेछ । अनि नोकरीहरुमा दक्ष कर्मचारी या श्रमिकहरुको आवश्यकता पनि कायम रहिरहनेछ । एआईको बढ्दो उपयोगले अझ राम्रो गुणस्तरीय भएका रोजगारी या नोकरीहरु पनि सिर्जित हुनेछन् जसले गर्दा अनगिन्ती मानिसहरुलाई फाइदा पुग्नेछ । यो एआईको उपयोगले अर्थब्यवस्था र कम्पनीहरुको सञ्चालनमा कयौं किसिमका सकारात्मक परिबर्तन आइरहेका छन् । बिशेषज्ञहरुका अनुसार प्रौद्योगिकीको बिस्तार सँगसँगै आईटी सेवा क्षेत्रहरुमा एआईका समाधानमुखी परियोजनाहरुमा पनि बृद्धि हुने छन् ।

यो पनि पढ्नुहोस्

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे जर्नल र इ पुस्तक सार्वजनिक

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे जर्नल र इ पुस्तक सार्वजनिक

६ घण्टा अगाडि
९० दिनमा सकियो सौगात मल्ल अभिनीत ‘जुबा’को छायांकन

९० दिनमा सकियो सौगात मल्ल अभिनीत ‘जुबा’को छायांकन

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विजया दशमीको साइत सार्वजनिक

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेरको घरमा छापा

इन्तरनेटबाट भाेटदिने व्यवस्था गर्नुपर्नेमा जाेड

कांग्रेशकाे निर्वाचनका लागि उम्मेदवारी प्रारम्भिक नामावली सार्वजनिक

कांग्रेसको केन्द्रीय सदस्य पदमा यादवको उम्मेदवारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक