आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

भूमि अध्यादेशको निसाना कता ? कार्यकर्ता पोस्न ?

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश अहिले चर्चामा छ । खासगरी वन, निकुञ्जलगायतको जग्गामा बसोबास गर्दै आएका सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई त्यही जग्गामा व्यवस्थापन गर्ने विषय यसमा समावेश छ । तर, विगतमा यस्तै कानुनी व्यवस्था तथा आयोगबाट सुकुम्बासीलाई व्यवस्थापन गर्ने भनिए पनि आफ्ना कार्यकर्तालाई जग्गा बाँडिएपछि राजनीतिक दल विवादमा आएका थिए । यसपटक पनि त्यही उद्देश्यले अध्यादेश आएको र वास्तविक सुकुम्बासी भने अझै जग्गाविहीन नै हुने हो कि भन्ने आशंका गरिएको हो ।

यही कारण राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले अध्यादेश पेस गरे पनि दुई दिन होल्ड गरेका थिए । उनले विशेषगरी वन तथा निकुञ्जको जग्गा सुकुम्बासीका नाममा दोहन भइरहने हो कि भन्ने आशंका गरेका थिए । भूमि सम्बन्धी अध्यादेशमा निकुञ्ज र वनको जग्गा सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न उपयोग गर्ने भन्ने व्यवस्थाप्रति राष्ट्रपति पौडेलले चासो राखेका थिए । सुकुम्बासी व्यवस्थापनमा असहमति नरहे पनि भविष्यमा वन विनाश भइरहने जोखिमलाई ध्यान दिनुपर्ने भन्दै राष्ट्रपतिले चिन्ता जनाएपछि सरकारले ‘एक पटकका लागि’ भन्ने वाक्यांश थप्ने गरी अध्यादेश जारी गरिएको थियो ।

भूमि प्राणीको साझा बासस्थान र जनजीविकाको आधारभूत वस्तु उत्पादनको अपरिहार्य तर सीमित प्राकृतिक स्रोत हो । तर, नेपालका लाखौं व्यक्ति अझै पनि भूमिविहीन छन् । उनीहरुका लागि बासको व्यवस्था गर्नु सरकारको जिम्मेवारी हो । तर, यसमा धेरै राजनीति हुँदै आएको छ । देशमा करिब १६ लाख परिवार अर्थात् करिब ६० लाख मानिस भूमिहीन छन् । यस्ता भूमिहीनमध्ये सबैभन्दा धेरै डोम, चमार, मुसहरलगायत तराईका दलित र पिछडिएका मधेसी जनजाति समुदाय छन् । सुकुम्बासी समस्या पहाड र ग्रामीण क्षेत्रमा भन्दा मधेस र ठूला शहर छेउछाउ बढी छ । यस्ता आयोग बन्दैमा सुकुम्बासी, अव्यवस्थित बसोवासी तथा भूमिहीनको समस्या समाधान हुने भए बितेका करिब ४० वर्ष र १५ वटा आयोगपछि भइसक्नुपर्ने थियो । तर, भूमिहीनको संख्या झन्झन् किन बढिरहेको छ ? त्यसको कारण खोजिनु पथ्र्यो । यस्ता अस्थायी प्रकृतिका अविश्वसनीय आयोगभन्दा बरु स्थायी प्रकृतिको कुनै दिगो, जिम्मेवार र उत्तरदायी संरचनाको खोजी हुनुपथ्र्यो ।

एकातिर वन र निकुञ्ज जोगाएर जाने कुरा पनि छ र अर्कोतिर यो समस्या लामो समयदेखिको द्वन्द्वको कारण पनि हो । मध्यवर्ती क्षेत्र घोषणा हुनुभन्दा अघिदेखि पुस्तौँ पुस्तादेखि बसिरहेका छन् । तर उनीहरूसँग लालपुर्जा छैन । मानिसहरू लालपुर्जाको आस र उठीबासको त्रासमा छन् । यसलाई राज्यले सम्बोधन गर्नुपर्छ । अर्कोतर्फ सरकारले सुकुम्बासीलाई भने आफ्ना कार्यकर्तालाई जग्गा वितरण र पोस्ने खेल यसपटक पनि हुने सम्भावना छ । यसतर्फ सबै राजनीतिक दल, राज्यका जिम्मेवार निकाय, सचेत नागरिक सबैको खबरदारी निरन्तर आवश्यक पर्छ । अनि मात्र वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन् र यो समस्या समाधान हुनेछ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

विश्वकपका लागि इंग्ल्याण्डले २६ सदसीय टोलीको नाम सार्वजानिक

विश्वकपका लागि इंग्ल्याण्डले २६ सदसीय टोलीको नाम सार्वजानिक

४ मिनेट अगाडि
नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ

नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ

१७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

तेलंगाना राज्यमा अत्यधिक गर्मीबाट १६ जनाको मृत्यु

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

रास्वपाका सभापति भारत भ्रमणमा जादै

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक