काठमाडौँ- बालुवाटारको ११४ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएको विषयमा दर्ता भएको मुद्दामा विशेष अदालत काठमाडौँले त्यस विषयसँग सम्बन्धित व्यक्तिलाई बकपत्र गराउन र कागज झिकाउन आदेश दिएको छ।
शुक्रबार विशेष अदालतका न्यायाधीशहरु श्रीकान्त पौडेल, न्यायाधीशहरू बलभद्र बाँस्तोला र खुसीप्रसाद थारुको इजलासले छानबिन समितिका सदस्यलाई चैत ६ गते बकपत्रका लागि उपस्थित गराउन आदेश दिएको हो।
विशेष अदालतले बालुवाटार जग्गाका बारेमा अध्ययन गर्न गठित समितिका संयोजक पूर्वसचिव शारदा त्रितालसहितका अरु सदस्यहरुलाई उपस्थित राउन आदेश भएको प्रवक्ता दीपेन्द्रनाथा योगीले जानकारी दिए।
अख्तियारमा २०७६ माघमा बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाउँमा पुर्याएको भन्दै १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। शुक्रबारको इजलासले २०१९ साल, २०२१ साल र त्यसपछि विभिन्न समयमा भएका निर्णयहरुको प्रतिलिपि उपलब्ध गराउन आदेश गरेको हो।


