काठमाण्डौ / वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानले भोलि फागुन ६ गतेदेखि केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।
बैठकमा बिबिध बिषयहरुमा प्रशिक्षण कार्यक्रम पनि निर्धारण गरिएको छ । ६ गतेदेखि तीन दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रमसहितको केन्द्रीय कमिटी बैठकले बाम पार्टीहरुबीच एकताबारे बिशेष निर्णय लिने जनाईएको छ ।
बैठक ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेजमा बस्ने जनाईएको छ ।