शनि, जेष्ठ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकार ढल्ने प्रचण्डको दाबी

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
भ्रष्टाचारमुक्त अभियानमा लाग्न प्रचण्डकाे आह्वान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

प्रचण्डले गरे नयाँ खुलासा, राष्ट्रपतिलाई संविधानविपरीत दबाब दिइयो
काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार धेरै नटिक्ने घोषणा गरेका छन् । सिन्धुपाल्चोकको सुकुटेमा मंगलबार प्रचण्डले वर्तमान सरकार अप्राकृतिक गठबन्धनबाट बनेको, सत्ता साझेदार कांग्रेसभित्रै असन्तुष्टि रहेको र अलोकप्रिय काम गरेकाले ढल्ने निश्चित भएको जिकिर गरेका हुन् ।
‘अप्राकृतिक भएको हुनाले अन्ततः यो ढल्नु नै छ । ढली नै हाल्छ । हामीले धेरै बलै गर्नुपर्दैन । यसको आयु धेरै छ जस्तो चाहिँ मलाई लाग्या छैन,’ उनले भने । अध्यक्ष दाहालले आफूले सरकार ढल्ने मिति तोक्न नसक्ने बताउँदै सत्तारुढ दल नेपाली कांग्रेसभित्र पनि सरकारप्रति असन्तुष्टि भएको जनाए । ‘मैले मिति त तोक्न सक्ने कुरा पनि होइन, मिल्ने कुरा पनि होइन,’ उनी भन्छन्, ‘सबै घटनाक्रम तपाईंहरुले जे देखिराख्नु भाछ नेपाली कांग्रेस भित्रै सरकारप्रति जबर्जस्त असन्तुष्टि, धेरै नेताहरुको, संस्थापनमै भएका नेताहरुको पनि असन्तुष्टि बाहिर आइ नै सकेको छ । त्यो स्थितिमा यो सरकार सहज ढंगले जाने अवस्था छैन ।’
दाहालले यो सरकार अलोकतान्त्रिक र असंवैधानिक भएकाले टिकिराखोस् भन्ने चाहना आफूहरुको नरहेको समेत बताए । ‘यो सरकार टिकिराखोस् भन्ने हाम्रो उद्देश्य हैन, अप्राकृतिक, अलोकतान्त्रिक र असंवैधानिक भनिसकेपछि त्यो रहिराखोस् भन्ने हाम्रो चाहना हुँदैन,’ उनले भने, ‘अहिले जसरी सरकार चलिहरेको छ, त्यसले पनि सरकारको आयु झन् छोट्याइरहेको छ । आफैंले छोट्यायो भन्ने लाग्या छ ।’
यस्तै, राष्ट्रपति रामचन्द्र पौडेललाई संविधानविपरीत काम गर्न दबाब दिइएको पनि प्रचण्डले खुलासा गरे । मध्यरातमा नेपाली कांग्रेस र नेकपा एमालेले अपारदर्शी, अप्राकृतिक र असंवैधानिक सरकार बनाएको आरोप लगाउँदै उनले वर्तमान केपी ओली नेतृत्वको सरकार बन्न नदिने रणनीति अनुसार नै संसदबाट विश्वासको मत लिएको जिकिर गरे । ‘यो अपारदर्शी र अप्राकृतिक सरकार बन्न नदिन विश्वासको मतका निम्ति अन्तिममा म भोटिङमा गएँ । भोटिङमा गएपछि फेल भयो । फेल भएपछि नेपाली कांग्रेसको नेतृत्वमा दलको नेता प्रधानमन्त्री हुनुपर्ने थियो । तर उहाँहरू (कांग्रेस र एमाले)ले संविधान मिच्नुभयो’, प्रचण्डले भने, ‘राष्ट्रपतिजी अन्तिम समयसम्म संविधानको धारा ७६(३) अनुसारको सरकार बनाउन तयार पनि हुनुपथ्र्यो । तर मैले बुझेअनुसार राष्ट्रपतिमाथि यस्तो दबाब दिइयो कि उहाँलाई धर्मसंकटमा पारियो । त्यसैले यो सरकारलाई मैले असंवैधानिक भनेको हुँ ।’
यद्यपि ओली सरकारको आयो धेरै लामो नभएको भन्दै अरूले नभई आफै ढल्ने दाबी गरे । सरकारप्रति कांग्रेस संस्थापन पक्षकै असन्तुष्टि र सरकारको गतिविधिका कारण सरकार ढल्नुको मुख्य आधार भएको प्रचण्डको तर्क छ । प्रचण्डले भनेझैं कांग्रेसका नेताहरुले प्रधानमन्त्री ओलीको अभिव्यक्ति र सरकारको कामप्रति असन्तुष्टि जनाएका छन् । एमालेको भर्खरै सम्पन्न केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले २०८७ सालमा मात्र संविधान संशोधन हुने अभिव्यक्ति दिएका थिए । तर, कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले जनताको पक्षमा काम गर्न धेरै संवैधानिक बाधा रहेकाले संविधान संशोधन हुनुपर्ने जनाएका छन् । ‘संविधान संशोधन भनेर मात्र हुँदैन । विषय पहिचान गर्नुपर्छ,’ उनले झापामा आयोजित एक कार्यक्रममा भने । संविधान संशोधन गर्नुपर्ने बुँदाहरू तत्काल छलफलमा ल्याउन सरकारलाई आग्रह गरे ।
सोही कार्यक्रममा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २०८७ सालमा मात्र संविधान संशोधन हुन्छ भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरे । २०८७ मा मात्र संविधान संशोधन गर्ने कुरा वर्तमान गठबन्धन गर्दा गरिएको सात बुँदे सहमतिमा कतै उल्लेख नगरिएको भन्दै आपत्ति प्रकट गरेका हुन् । ‘संविधान संशोधन गर्नु नै छ । समानुपातिक निर्वाचनका बारेमा संशोधन गर्नु नै छ । तर, २०८७ मा मात्र संशोधन हुन्छ भन्ने प्रधानमन्त्रीज्यूको अभिव्यक्ति आपत्तिजनक छ,’ शर्माले भने । उनले पाँच बर्षसम्म टिक्ने स्थिर सरकार निर्माणका लागि संविधान संशोधन आवश्यक रहेको बताए । कार्यक्रममै कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेले संविधान संशोधन गर्ने विषयका कुरा तत्काल हुनुपर्ने बताए । सरकार सञ्चालनका लागि गठन गरिएको उच्चस्तरीय समितिले केही काम नगरेको भन्दै उनले असन्तोष व्यक्त गरे । भ्रस्टाचार भयो भनेर अनुमान गरिएका सबै विषय छानविनको दायरामा ल्याउनुपर्ने उनले बताए । आङ्देम्बेले भने, ‘चाहे गिरीबन्धु होस् चाहे जुनसुकै घटना, छानबिन गर्नुपर्छ ।’
सात बुँदे सहमतिको जगमा बनेको वर्तमान सरकार ती मुद्दाबाट बरालिएको कांग्रेस नेताहरुको भनाइ छ । नेताहरुमा असन्तुष्टिको ग्राफ बढ्दै जानुमा सुशासनको प्रत्याभूति नहुनु, नागरिकका निराशा चिर्न नसक्नु, बीआरआई सम्झौता, संविधान संशोधनको मुद्दा हुँदै भर्खर अध्यादेशसम्म छन् । वर्तमान सरकारले अध्यादेशबाट देश चलाउन खोजेको आरोप लगाउँदै कांग्रेस केन्द्रीय सदस्य साउदले गत आइतबार बुटवलमा भने, ‘संसद्लाई लामो समयसम्म बन्धक बनाउँदै अध्यादेशमार्फत अहिलेको सरकारले विभिन्न ऐन बनाइरहेको छ ।’ अध्यादेशमार्फत ल्याइएका विधेयक सर्वस्वीकार्य नहुने उनको तर्क छ । दुई दलका बीचमा संविधान संशोधन गर्नका लागि कार्यदल बनाउने सहमति जुटे पनि गठन भने भइसकेको छैन । यसै बीचमा प्रधानमन्त्री ओलीको बोलीले कांग्रेस नेताहरु संशकित बनेका छन् । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्री चीन प्रस्थान गर्दै

परराष्ट्रमन्त्री चीन प्रस्थान गर्दै

१ दिन अगाडि
बालेन नेतृत्वको सरकार ढाल्ने गरी आन्दोलन गर्ने चेतावनी

बालेन नेतृत्वको सरकार ढाल्ने गरी आन्दोलन गर्ने चेतावनी

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ अभिव्यक्तिबारे रास्वपाको धारणा माग

एन्फाबारे छानबिन गर्न समिति गठन

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

विश्वकप २०२६ को उद्घाटनमा मेक्सिकोको विजयी सुरूवात

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक