मङ्ल, बैशाख १५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

ऊर्जा क्षेत्रको विकासले मात्रै मुलुकमा आर्थिक समृद्धि ल्याउनसक्ने दाबी

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
ऊर्जा क्षेत्रको विकासले मात्रै मुलुकमा आर्थिक समृद्धि ल्याउनसक्ने दाबी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको विकासले मात्रै मुलुकमा आर्थिक समृद्धि ल्याउनसक्ने दाबी गर्नुभएको छ ।

ऊर्जामन्त्री खड्काले नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना रहेको भन्नुहुँदै नेपालमा ऊर्जा क्षेत्रको विकासले आर्थिक समृद्धि ल्याउनसक्ने दाबी गर्नुभएको हो । उहाँले न्युज एजेन्सी नेपालसँग कुरा गर्नुहुँदै मन्त्री खड्काले ऊर्जा क्षेत्रको विकास गरेर मुलुकमा आर्थिक समृद्धि ल्याउन सम्भव रहेको उल्लेख गर्नुभयो ।

मन्त्री खड्काले आगामी १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने र आन्तरिक खपतका लागि जोड दिँदै बाँकी रहेको विद्युत् निर्यात गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो । उक्त लक्ष्य पूरा गर्न नीतिगत र संरचनामा सुधार गर्नुपर्ने उहाँको भनाइ छ ।

‘‘नेपालमा ऊर्जा क्षेत्रको विकासले आर्थिक समृद्धि ल्याउन सकिन्छ । यो सम्भव छ । जलविद्युत् क्षेत्र अहिलेका लागि सबैभन्दा ठुलो क्षेत्र रहेको छ । त्यसै अन्तर्गत रहेर सरकारले एउटा लक्ष्य हुनुपर्छ भन्ने दृष्टिकोणका साथ २८ हजार पाँच सय मेगावाट उत्पादन गर्ने र आन्तरिक खपतका लागि जोड दिने र बाँकी रहेको विद्युत् निर्यात गर्ने लक्ष्य राखेको छ ।,’’ मन्त्री खड्काले भन्नुभयो, ‘‘त्यो लक्ष्य पूरा गर्नका लागि नीतिगत र संरचनागत के परिवर्तन गर्नुपर्छ भन्दा वनका समस्या, जग्गा प्राप्ति जस्ता समस्याहरूलाई समेत समेटेर छिटो छरितो गर्ने,हिउँदको समयमा विद्युत् अभाव हुने विषयलाई सम्बोधन गर्ने विषयमा रिजर्भर परियोजनामा जाने नीतिगत निर्णय गरेर अगाडि बढेको अवस्था छ ।’’

उहाँले संरचना र नीतिगत परिवर्तनका लागि सरकार तयार रहेको बताउनुभयो । उहाँले जलविद्युत् क्षेत्रमा देखिएका वनका समस्या, जग्गा प्राप्ति जस्ता समस्याहरूलाई समेत समेटेर छिटो छरितो गर्ने, हिउँदको समयमा विद्युत् अभाव हुने विषयलाई सम्बोधन गर्ने विषयमा रिजर्भर परियोजनामा जाने नीतिगत निर्णय गरेर अगाडि बढेको जानकारी दिनुभयो ।

मन्त्री खड्काले भारतसँग विद्युत् बिक्री गर्ने सम्झौता गरेसँगै यो वर्ष साढे नौ सय मेगावाटसम्म बिक्री गर्न सफल भएको बताउनुभयो । उहाँले भारतमा विद्युत् व्यापार वृद्धि हुँदा भारतसँगको व्यापार घाटा कम भएको बताउनुभयो । उहाँले विगतमा विद्युत् निर्यातमा १३ अर्ब जति रकम भारतलाई तिर्ने गरेको भए पनि यो वर्ष १० अर्बभन्दा बढी नाफामा रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘निरन्तर भारत र बङ्लादेशसँग छलफल गरी भारतको सहयोगमा अन्तरदेशीय विद्युत् व्यापारकोे ढोका खोलियो । नीतिगत कुरा स्रोत र उत्पादन हो । विद्युत् उत्पादन गरेर विदेशमा बेच्नु भनेको खोला नाला बिक्री गर्नु होइन । विद्युत बिक्री नगरी मुलुक धनी भएर समृद्ध हुन सक्दैन । यो भाष्यलाई परिवर्तन गर्न जरुरी छ । जलविद्युत् उत्पादन गर्दा १० प्रतिशत सेयर आयोजना प्रभावित क्षेत्रलाई दिने विषय कार्यान्वयन भएको तर सेयर किन्ने बेलामा पैसा हुनेले मात्रै प्राप्त गर्ने अवस्था थियो ।’’

यसैगरी, उहाँले बङ्लादेशमा विद्युत् बिक्री गर्ने विषयमा मूर्त रूपमा दिएर अन्तरदेशिय विद्युत् व्यापारकोे ढोका खोलेको बताउनुभयो । उहाँले विद्युत् बिक्री नगरी मुलुक धनी र समृद्ध हुन नसक्ने बताउनुभयो ।

मन्त्री खड्काले जलविद्युत् उत्पादन गर्दा १० प्रतिशत सेयर आयोजना प्रभावित क्षेत्रलाई दिने विषय कार्यान्वयन भएको तर सेयर किन्ने बेलामा पैसा हुनेले मात्रै प्राप्त गर्ने अवस्था रहेको बताउनुभयो ।

उहाँले पैसा नहुने मानिसहरूले स्रोत माथिको अधिकार प्राप्त गर्न नसक्ने अवस्था रहेकाले त्यसको दायित्व राज्यले दिनेगरी प्रत्येक घरधुरीमा एक आयोजनामा दुईदेखि पाँच लाखको सहुलियतमा ऋण दिएर शेयर पाउने व्यवस्था गर्न लागेको बताउनुभयो ।

‘‘सरकारले समृद्धिका कुरा गरिरहेका छौं । बलियो सरकार छ । समान अधिकार जनतालाई भएन । पैसा नहुने मानिसहरूले स्रोत माथिको अधिकार प्राप्त गर्न सकेनन् भन्ने लागेर राज्यको दायित्व पनि हो । प्रत्येक घरधुरीमा एक आयोजनामा दुईदेखि पाँच लाखको सेयर दिनुपर्छ ।,’’ मन्त्री  खड्काले भन्नुभयो, ‘‘त्यति सेयर पायो भने गरिबीको रेखाबाट माथि उठ्ने हिसाबले व्यवस्था गरिएको छ । त्यसका लागि सरकारले त्यसको रकम उपलब्ध गराउनुपर्छ । लगानी सुनिश्चिता बनाएर स्रोत माथिको अधिकारको स्वामित्व जनतालाई दिनुपर्छ ।’’

यो पनि पढ्नुहोस्

No Content Available

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मन्त्रिपरिषद् बैठक सुरु

देशका विभिन्न स्थानमा  बदली

प्रधानाध्यापक ५४ वर्षीय डम्मरुप्रसाद दाहालमाथि हातपात

बिपी राजमार्ग अझै संचालनमा आउन सकेन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक