बिहि, अशोज २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

नेपाली राजनीतिका केही अनौठा र उल्टा वास्तविकता

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपाली राजनीतिका केही अनौठा र उल्टा वास्तविकता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-खडग पाण्डे

म प्रतेक दिन विहान उठ्दछु। तपाई पनि बिहान ढिलो वा छिटो उठ्नु हुन्छ। उठेपछि म जिउदै उठे भनेर भन्दिन। उठ्नुनै जिउदो भएको प्रमाण हो। म आज पनि जिउदै उठे भनेर सामाजिक संन्जालमा लेख्दिन। कसैलाई फोन गरेर पनि भन्दिन। तपाईले पनि यस्तै गर्नुहुन्छ। यो सामान्य र नियमित प्रकृया हो। आफु जिउदै भएकोमा हल्ला-खल्ला र कोलाहल गर्नु पर्दैन। मृत्‍यु भएमा त्यो खवरगर्ने जिम्मा आफन्तको हो। तपाईंले चाहेर पनि गर्न सक्नुहुन्न।

नेपालको सत्ता राजनीतिमा भने यसको ठीक उल्टो हुने गर्दछ। सरकार गठन भएको दिन देखि सुरुहुन्छ- यो सरकार ढल्दैन। पुरै कार्यकाल चल्दछ। यो नै अन्तिम विकल्प हो।  यो सरकार ढल्यो भने महा-प्रलय हुन्छ। विहान उठे देखि मध्यरातसम्म भन्ने गर्द्छन- यो सरकार ढल्दैन। ज्यानजाला ढल्दैन। कुनै ठाउँ र प्रसंग मिल्नु पर्दैन। प्राज्ञिक होस वा धार्मिक, वैचारिक होस वा प्राविधिक जस्तोसुकै कार्यक्रममा यही कर्कस सुनिन्छ। शोकसभा होस वा प्रीतिभोज जहाँ सत्तारुढदलका नेता वा मन्त्री प्रधानमन्त्री पुदछन उनीहरुको दिव्यवाणी यही हुन्छ- यो सरकार ढल्दैन। नेपालमा यो प्रचलन बहुदलको स्थापना पछि सुरु भएको हो। त्यो भन्दा पहिले  राजाको निगाहमा सत्ताको आयु निर्धारण हुन्थ्यो। गिरिजा, खुमबहादुरहरु देखि सुरु भएको यो प्रचलन हाल केपी, शेरबहादुर, गगन र सुर्य थापाहरुले निरन्तरता दिनु भएको छ। जव मन्त्री, प्रधानमन्त्री र दलका नेताहरुले “यो सरकार ढल्दैन” भन्न सुरु गर्नु हुन्छ तव बुझ्नुपर्दछ सरकार फुस्किन लाग्यो। सरकार गठनमा साथदिएका आन्तरिक वा बाह्य टेकाहरु हल्लिन थाले। सरकार गठन र विघटनमा टाउकाहरुको गन्ती  भन्दा टेकाहरु बलमान हुँदा रहेछन। मन्त्री नेताहरुले जे बोल्नुहुन्छ त्यसको उल्टो बुझ्नुपर्ने हाम्रो राजनितिको एउटा विडम्वना हो।

बजारमा उपभोक्ताको रुची र चाहना अनुसारका अल्कोहल पाईन्छ। अल्कोहलहरु पेय-योग्य र गैर पेय-योग्य हुन्छन। पेय योग्यहरुमा वियर, व्वाईन, स्पिरिट्स, लिकर, भोड्का, व्हिस्की, रम, टकिला वा जिनको रुपमा पाईन्छन। त्यसरीनै गैर-पेय योग्य अल्कोहलमा मेथानोल, इसोप्रोपिल र बुटानोल जस्ता अल्कोहल हुन। पेय-योग्य अल्कोहलमा थोरै मात्रा  गैह-पेययोग्य अल्कोहल मिसाईन्छ त्यो पूर्णरुपमा विषाक्त हुने गर्दछ। मैले यहाँ रक्सी (अल्कोहल) को उदाहरण स्वास्थ्य र मादकतालाई संम्वृद्दि र सत्तासंग तुलना गरेर बुझ्न सजिलो होस भन्ने ध्ययले दिएको हुँ।

कुनैपनि राजनीतिक दल त्यो दलले अगिंकार गर्ने राजनीतिक दर्शन, रणनिती र कार्यनितिले दिशा निर्देश हुनु पर्दछ। कुन वर्ग वा समुदायको अधिकतम हितको लागि काम गर्ने हो निर्क्योल हुनु पर्दछ। आफ्नो राजनीतिक, सामाजिक र आर्थिक, कुटनितिक जस्ता आफ्नो दलका एजेन्डालाई निर्वाचन मार्फत अनुमोदन गराईन्छ। राष्ट्र, राष्ट्रियता, जन-जिविका र संम्वृद्दिको मुद्दाहरुमा जनताको मत मार्फत सत्ता वा सरकारमा जानु पर्दछ। त्यसको लागि निर्वाचनको बेला घोषणा-पत्र मार्फत जनताको विश्वास लिने गरिन्छ। सिद्दान्तत: आफ्नो दलको लक्ष पुरा गर्न चुनावमा आफ्नै दलबाट प्रतिनिधि छनौट हुनु पर्दछ। तर चुनावमा गठजोड हुने गर्दछ। निर्वाचनमा दल भन्दा दलेहरुको रजाई हुने गर्दछ। कुनै राजनीतिक दलले आगामी चुनावमा एक्लै चुनाव लड्ने कुरा गर्‍यो भने त्यो अर्को आश्चर्य हुने गर्दछ। विपरित धुर्वहरुको मिलन सामान्य लाग्ने तर चुनावमा कुनै दल एक्लै उठ्ने कुराको पत्यारै नलाग्ने। यो अनौठो र उल्टो मान्यता स्थापित भएको छ। अझ कुनै दलले एक्लै चुनाव लडने कुरा गर्यो भने लौ त्यो दलको खैरियत छैन वा हैसियत सकिएछ भन्ने बुझ्नुपर्ने हुन्छ। माथि उल्लेखित पेय-योग्य र गैर पेय-योग्य अल्कोहलको मिश्रण सामान्य लाग्ने तर फरक गुण  र उपयोगीता असामान्य लाग्ने। राजनीतिक दलहरुले भन्ने गरेको “संम्वृद्दि” उनिहरुको सत्ता र शक्तिको स्वार्थसंग विनिमय हुँदा सामान्य लाग्ने, अल्कोहलको मादकता र स्वास्थ्यमा पार्ने नकरात्मक प्रभाव पनि सामान्य लाग्ने हाम्रा राजनीतिक दलहरुका चरित्रले छक्कै पारेका छन। बोटल भित्रको झोल उही तर फरक लेवलले दिग्भ्र्मित हामी नेपाली।

एक जना व्यक्ति आफ्नो कुन्डली देखाउने प्र्ख्यात जोतिषकोमा गए। जोतिषले कुन्डली हेरेर भने- अहो, तपाईंको कुन्डलिमा त धनै-धन छ। जोतिषको त्यो कुरा सुनेर ती ब्यक्तिले जोतिषलाई भने- लौ विध्वान जोतिषज्यु, त्यो मेरो कुण्डलिमा भएको मेरो धन मेरो बैक खातामा ट्रान्सफर गर्ने तरिका बताईदिनुहोस । यो सुनेर जोतिष ट्वा परेछन।

नेपालको संविधानले जनताका धेरै मौलिक अधिकारहरुको ब्यबस्था गरेको छ- जसरी ती कुण्डली देखाउने ब्यक्तिको कुण्डलिमा धन संम्पतिको ब्यबस्था छ। तर हाम्रो संविधानले ब्यबस्था गरेको अधिकारहरु व्यबहारमा रुपान्तरित हुनु र कुन्डलिको धन बैक खातामा रकमान्तरण (ट्रान्सफर) हुनु उस्तै-उस्तै भएको छ। सत्ता राजनीतिका जोतिषहरुले त्यही संम्वृद्दि देखाउदै आफ्नो गुजरा चलाएका छन। हाम्रो संबिधानमा समाजवाद उन्मुख समेत उल्लेख छ। कतै तिर उन्मुख हुँदैमा त्यहा पुगिदैन। के म चन्द्रमा उन्मुख हुँदैमा चन्द्रमामा पुग्न सक्दछु? सक्दिन। तपाई पनि सक्नुहुन्न। राजनीतिक जोतिषहरु सिंहदरवारको कुर्ची, सत्ता र शक्ति उन्मुख हुने तर जनतालाई समाजवादको सपना बाड्ने। यो कस्तो उन्मुखता हो?  डाडाको टुप्पोमा निर्माण भएका वा हुने भ्यु-टावर,  खोल्सामा निर्माण भएका स्वागत-द्दार, बस्ती र गल्लिहरुमा निर्माण भएका मन्दिर, चर्च, गुम्वा वा मस्जितहरुले परलोकको आश त देखाउला तर जनताको जीवनस्तरमा फरक पार्दैन।  नपत्याउदा नपत्याउदैपनी पत्याउनु पर्ने यो उल्टो नियती नेपाली राजनीतिको वास्तविकता भएको छ।

एक जना शिक्षकले काल (tense) को बारेमा पढाउदै रहेछन। उनले विधार्थीलाई सोधे “एक दिन नेपाल भष्ट्राचारमुक्त हुने छ। ” ( One day, Nepal will be free of corruption) यो कुन काल हो? विद्यार्थीले सहज उत्तर दिएछन-   “असंभव भविश्य काल”  (impossible future tense).   एउटा प्राथमिक बिधालयमा पढने विधार्थिको बुझाई यस्तो भएको छ। ती विद्यार्थीले यसरी बुझ्नुमा शिक्षक दोषी छैनन। तीनका अभिवावक पनि दोषी छैनन। भष्ट्राचार कसले गर्दछ? भष्ट्राचार कहाँ हुन्छ? भष्ट्राचार कसरी हुन्छ? यी सबै खुला रहस्य (open secret) भएका छन।  नेपालमा सुशासनको पहिलो दुस्मन भष्ट्राचार हो। त्यो सबैलाई थाहा छ। तर भष्ट्राचार नियन्त्रण र सुशासनको गफ गर्ने व्यक्ति तिनै भष्ट्राचारी हुन्छन। मैले प्रधानमन्त्रीले जस्तो यी ब्यक्ति भष्ट्राचार गर्दछन वा भष्ट्राचारिहरुको संरक्षण गर्दछन भन्ने हैसियत राख्दिन। भस्ट्राचारी को हुन थाहा पाउने तर कार्यवाही नगर्ने किन होला? मैले बुझ्न सकेको छैन। के तपाईंले बुझ्नु भएको छ? हुन त सर्पले सर्पको खुट्टा देख्दछन भनिन्छ। आफु सर्प वर्गको परिएन। के थाहा?

मैले सोझो हिसावले हेर्दा र विचार गर्दा आँफै रनभुल्लमा पर्दछु। अहिलेका आफुलाई ठूला ठान्ने मठाधिसहरुलाई संझन्छु। तिनिहरुको पैत्रिक संम्पती, माईती वा ससुरालिबाट ल्याएको दाईजो, जन्मिदाखेरी आफन्तले तिनिहरु मुख हेर्दा दिएको नगद वा जिन्सी सम्मको हिसाव गर्दछु। कुनै लाभको पदमा रहदा कुनै खर्च नघटाई जम्मा गरेको संम्पती सबै जोडदछु। तर पनि मेरो हिसाव मिल्दैन। न्वारानमा पाएको नगद देखि लाभको पदमा रहदाको सबै तलव-भत्ता जोड्दा पनि अहिले तीनिहरुको जिउमा लगाएका चस्मा, घडी, जुत्ता सम्म किन्न सकिदैन। अरु कुनै ब्यपार व्यबसाय र आम्दानी केही छ कि भनेर खोज्दा केही देखिदैन। तीनिहरुको जीवनशैली, हवेली, आर्थिक सान र रवाफ कुनै सुल्तान वा बादशाहको जस्तो कसरी भयो? विडम्वना तिनै राजनीतिक नेताहरुले भष्ट्राचार विरोधी भाषण गर्दछन।  यस्ता पात्रहरुले भष्ट्राचार विरुद्दमा केही बोले भने उल्टो बुझ्नु पर्दछ – त्यहा भष्ट्राचारको खेल हुँदैछ। कसैलाई लुकाउने र फसाउने चालवाजी हुँदै छ।

मान्छे वा कुनै जिवित प्राणी बाच्नलाई खानु पर्दछ। खानलाई कमाउनु पर्दछ। थोरै कमाए जिविकोपार्जन हुन्छ। धैरै कमाए साहु भईन्छ। पुर्ख्यौली संम्पतिबाट पनि यी हुने गर्दछन। मार्क्स बाजेको भनाइ अनुसार कुनै पनि बस्तु उत्पादन लागत र बजार मुल्यको फरक अतिरिक्त मुल्य (नाफा) हो। अर्थात, उत्पादनका साधनहरुको योगदानलाई ठक्दा नाफा निस्कन्छ। यो पूँजीवादी अर्थ व्यबस्थाको चुरो हो। मार्क्सवादीहरु उत्पादनका साधनहरुलाई न्यायोचित वितरणमा विश्वास गर्दछन। जिविकोपार्जन र  निर्माण पुंजिको निर्माण गर्न मान्छेहरु जागिर, खेतिपाती, उधोग-धन्दा, सेवा-व्यवसाय आदि गर्ने गर्दछन।  मैले बुझेको अर्थशास्त्रले यस्तै भन्दछ। तर, अपवाद बाहेक नेपालमा यसको उल्टो हुँदैछ। जिविकोपार्जन र पुंजि निर्माण गर्न मान्छेहरु राजनीति गर्दछन। राजनीतिज्ञले कर्मचारी जस्तो तवव-भत्ता खान्छन। राजनीति गर्न कुनै विषिष्ट शिप, ज्ञान, क्षमता वा योग्यता चाहिदैन। पढनु पनि पर्दैन। माठाधिसहरुको आशिर्वाद भए पुद्गछ। राजनितिमा आयो भने त्यो व्यक्ति स्वतह सर्वज्ञान संम्पन्न हुने गर्दछ।

राजनितिको परिभाषा फेरिएको छ। राजनतिक सेवाबाट व्यबसाय भएको छ। पेशा वा व्यवसायमा लक्षनै धन कमाउनु हो।  अझ अहिले त ठुला व्यपारी, दलाल पूँजीपती, ठेकेदार आदिले राजनीतिक दललाई उत्पादनको साधन बनाउदै गएका छन। आँफै वा आफ्ना प्रतिनिधि मार्फत परिचालन गर्ने गर्दछन। व्यपारिको “धार्मिक” धन कमाउनु हो। सरकार धन कमाउने साधन हुनु स्वभाविक हो।  राजनिती वर्गिय हुन्छ। ब्यापारिको नियन्त्रणमा सत्ता र सरकार भयो भने कुन वर्गको हित गर्दछ त्यो प्रष्टै छ। दलाल पूँजीवादी व्यपारिहरुले देसलाई समाजवाद तिर लैजादैछन भनेर पत्याईदिनु पर्ने हाम्रो उत्टो वास्तविकता।

मलाई अनौठो र उल्टो लाग्ने अर्को नाटक हो “मिसन ८४”। अहिलेको चुनाव प्रणालीबाट कुनै पनि दलको बहुमत आउँदैन। केही संख्यामा फेर-वदल हुने र संख्याले योग्यताक्रममा फेर-वदल हुने मात्र हो। सरकार गठनमा फेरी पनि टेकाहरुको जोडजाम जरुरी हुन्छ। राजनितिक दर्शन र आदर्शलाई कुर्चिको भागवण्डा बिलो लगाउनु पर्ने हुन्छ। अहिले पनि प्रष्ट बहुमतको सरकार छ। तर पनि सत्तासिन दलहरु ८४ को चुनावबाट जितेर  देश कायापलट गर्ने फुई हाक्दछन। ८४ को चुनाव पछी आउने भनेका यी र यस्तै दलहरु हुन। काग्रेसलाई एमालेले उछिन्ला वा माओवादी पहिलो होला वा कुनै अर्को दल पहिलो होला। फेरी पनि पाक्ने भनेको खिचडिनै हो। पुरेतहरुले गरुड पुराण पढेर त्रास देखाएर दान लिनु र हामीलाई संम्वृद्दिको आशा देखाएर रनभुल्लमा पार्नु उस्तै उस्तै हो। छ। अहिलेको सरकारमा भागवण्डामा सामेल दलहरुले अहिले किन काम गर्दैनन। कम्तिमा पनि माओवादिको सरकारले सत्ताबाट हटाउनु अगाडि केही छनक देखाएको थियो। है बरै, एकै प्रकारले काम गरेर फरक नतिजाको अपेक्षामामै बित्ने भयो हाम्रो जुनी।  अत्यासलाग्दो वर्तमान र उराठलाग्दो भविश्यले हाम्रो वास्तविकता हो।

यी र यस्तै कयौ उदाहरणहरुको फेरिहस्तले हामीलाई चिमोटी रहेका छन। अझै पनि यही पद्द्ती, यीनै पात्र र प्रवृतिको निरन्तरताको दुश्चक्रमा रुमल्लिने वा विकल्पको खोजी गर्ने?  जोसंग आश छैन तिनिहरुको विकल्प खोज्नु पर्दछ। ईतिहासको निर्माता जनता हुन। दास भैरहने वा मालिक बन्ने? सधैंभरी अनौठा र उल्टा वास्तविकता स्विकार्ने वा बिद्रोह गर्ने?  यो आजको गम्भिर प्र्श्न हो।

यो पनि पढ्नुहोस्

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे जर्नल र इ पुस्तक सार्वजनिक

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे जर्नल र इ पुस्तक सार्वजनिक

८ घण्टा अगाडि
९० दिनमा सकियो सौगात मल्ल अभिनीत ‘जुबा’को छायांकन

९० दिनमा सकियो सौगात मल्ल अभिनीत ‘जुबा’को छायांकन

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विजया दशमीको साइत सार्वजनिक

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेरको घरमा छापा

इन्तरनेटबाट भाेटदिने व्यवस्था गर्नुपर्नेमा जाेड

कांग्रेशकाे निर्वाचनका लागि उम्मेदवारी प्रारम्भिक नामावली सार्वजनिक

कांग्रेसको केन्द्रीय सदस्य पदमा यादवको उम्मेदवारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक