बुध, अशोज २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

स्तालिनको योगदान समाजबादी अन्दोलनमा सँधैं स्मरणीय

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लोकनारायण सुबेदी

स्तालिन शब्दको अर्थ नै हुन्छ – ‘इस्पात’को मान्छे ! वास्तवमा स्तालिन बिश्वका र खाशगरी सोभियत संघका श्रमजीवी जनताका लागि त्यस्तै मानिस थिए — एक अत्यन्तै दृढनिश्चयी, साहासी तथा महान अक्टोबर समाजवादी क्रान्तिका उपलब्धहीरुको रक्षा र बिकास गर्ने सबैभन्दा जिम्मेवार हस्ती ! अक्टोबर समाजवादी क्रान्तिद्वारा बिश्वमा मजदुर–किसान बर्गको पहिलो राज्य समाजवादी सोभियत संघको जग बसालेका थिए महान लेनिनले । अनि त्यो श्रमजीवी जनताको राज्यलाई पूँजीवादी दुनियाको प्रत्यक्ष परोक्ष निरन्तरको गुप्तचरी चौतर्फी घेराबन्दी, नष्ट पार्ने षडयन्त्र र फाशिष्ट हमलालाई असफल तुल्याउँदै पहिलो समाजबादी राज्यको रक्षा, निर्माण र अपूर्व बिकास गर्ने अभूतपूर्व कार्य स्तालिनले गरेका थिए । सोभियत संघलाई बिश्वको बिकसित र शक्तिशाली समाजको पंक्तिमा उनैले खडा गरेका थिए । उनले के साबित गरेर देखाएका थिए भने श्रमजीबी जनताले आफ्नै बल बूतामा एउटा नयाँ समाजको निर्माण गर्न सक्तछन् र बिकासको यस्तो कीर्तिमानको रचना गर्न र कायम गर्न सक्तछन् जसलाई देखेर सारा दुनिया आश्चर्यचकित हुन्छ । हुन पनि स्तालिनको प्रेरक नेतृत्व र कुशल सेनापतित्वले गर्दा नै सोभियत जनताले हिटलरको फाशिष्ट फौजलाई धुलधुसरित तुल्याएर बिश्वलाई फासीबादको कहरबाट जोगायो र बचायो । ठीक यसै कारणले नै हो कि पूँजीवाद र पूँजीवादी नेतृत्व स्तालिनका बिरुद्ध ज्यान फालेर दुष्प्रचार गर्दछ, उनको बद्नाम गर्न कुनै कसर बाँकी राख्दैन र उनीमाथि अनेक आधारहीन फत्तुर लगाउने र हिलो छ्याप्ने कुनै अवसर गुमाउदैन ।

बिश्वका सर्बहारा बर्गका यी उच्च प्रेरणादायी ब्यक्तित्व तथा मार्गदर्शक गुरुको देहाबसान भएको करीब सात दशक पुग्नलाग्दा पनि पूँजीवादी फासीबादी शासकहरुलाई अझै स्तालिनको हौवाले सताउन छाडेको छैन । तिनीहरु आज पनि स्तालिनको नाम सुन्ने बित्तिकै डराउँदछन् । किनभने तिनलाई प्रष्ट थाहा छ कि रुस र बिश्वभरीका श्रमजीवी जनताका मन मस्तिष्कमा अझै स्तालिन जीवित छन् । तर अहिलेको पूँजीवादी–साम्राज्यवादी हावा चलेको बिश्वको चमक दमकका बीचमा आम सर्बसाधारण परिवारका यूवा पिढी र मजदुरहरुमध्ये धेरै कमै मात्र यस्ता ब्यक्ति होलान् जसले स्तालिन र उनले बिश्व सर्बहारा बर्ग र क्रान्तिका लागि सफल पारेका महत्वपूर्ण र ऐतिहासिक योगदानहरुका बारेमा जान्दा होलान् । बुर्जुआ बर्गको एकहोरो झुटो प्रचार प्रसारका कारण वास्तवमा अहिलेसम्म पनि स्तालिनका बारेमा झुटा र भ्रमपूर्ण अबधारणाहरुले मानिसका मन मस्तिष्कमा घर गरेको पाइन्छ । निरन्तरको चौतर्फी दुष्प्रचार प्रसार गरिएको यस्तो भ्रम र गलत प्रचारको शिकार अरु त अरु धेरैजसो आफुलाई प्रगतिशील बुद्धिजीवी र राजनीतिक कार्यकर्ता ठान्नेहरु पनि त्यो बुर्जुआ पूर्वाग्रही तथा अत्यन्तै झुटो प्रचारको प्रभावमा परेका छन् । त्यसैले क्रान्तिकारी आन्दोलनलाई अघि बढाउनका लागि के अत्यन्तै आवश्यक छ भने स्तालिनलाई ठीक तरीकाले बुझ्न पर्दछ र सही पक्षमा खडा हुनु पर्दछ । स्तालिनको नाम र काम वास्तवमा क्रान्ति र प्रतिक्रान्ति बीचको बिभाजनको रेखा बनिसकेको र बिनरहेको यथार्थलाई दृढताकासाथ बुझ्नु र पक्रिनु पर्दछ ।

स्तालिनको जन्म १८७९ डिसेम्बर १८ भएको थियो, जारकालीन उत्पीडित राष्ट्रियता जर्जियाको गोरी शहरमा । शुरुको नाम जोसेफ बिस्सारियोबिच जुगाशभिली भए पनि एकजना यूवा क्रान्तिकारीकोरुपमा काम गर्न थालेपछि उनको गोप्य नाम स्तालिन राखिएको थियो । स्तालिनका पिता गाउँका एक गरीब परिवारका मोची थिए जो पछि गएर एउटा जुत्ता कारखानाको मजदुर बन्न पुगेका थिए । उनकी माता पनि एकजना रुसी जमिनदारकाहाँ काम गर्ने भूदासकी छोरी थिइन् । यस्तो परिवारमा हुर्केको हुनाले स्तालिनले मजदुर र किसानको जीवन र जीवन यापनलाई नजिकबाट देख्न, भोग्न र अनुभव गर्न पाएका थिए । अनि जर्जियाली भएकाले उनले के पनि बुझेका थिए भने रुसी जारशाही सत्ताले कसरी गैर रुसी जनतालाई उत्पीडन गरिरहेको छ ।

शुरुमा पादरी बन्नका लागि धार्मिक बिद्यालयमा पढाई गर्दै गर्दाको समयदेखि नै १५ बर्षको उमेरमै उनी भूमिगत मार्क्सबादी क्रान्तिारीहरुको सम्पर्कमा आएका थिए भने १८ बर्षको हुँदा उनी रुसी सामाजिक जनवादी मजदुर पार्टी(जुन पछि कम्युनिष्ट पार्टीमा परिणत भयो) को सदस्य बनेका थिए । अनि चाडै नै स्तालिनले जर्जियाको राजधानी तिफलिस र औद्योगिक शहर बातुममा मजदुरहरुलाई संगठित गर्न शुरु गरेका थिए । त्यस क्रममा उनलाई कयौं पटक पक्राउ पनि गरियो भने साइबेरियातिर निर्वासित पनि गरियो । तर १९०४ मा उनी साइबेरियाको निर्बासनबाट जार-पुलिसको आँखामा छारो हालेर निस्किए र पुनः मजदुरहरुलाई संगठित तुल्याउने कार्यमा लागे । १९०५ को असफल रुसी क्रान्तिको क्रम र त्यसलाई दमन गरिएको बेला स्तालिन प्रमुख बोल्शेभिक भूमिगत र सैनिक संगठनकर्ताहरुमध्येका एक बनिसकेका थिए । पार्टीसँग जोडिन लाग्दा नै स्तालिनले बुझिसकेका थिए कि लेनिन नै क्रान्तिको मूख्य सैद्धान्तिक नेता थिए र उनले पार्टी भित्र चल्ने बैचारिक संघर्षमा सधै नै दृढतापूर्वक लेनिनको लाइनको पक्षमा आफुलाई खडा राखे । यसै क्रममा १९१२ मा उनलाई केन्द्रिय समितिमा चुनिएको थियो ।

फेब्रुअरी १९१७ मा रुसमा मजदुर र किसानहरुको संयुक्त संघर्षले निरंकुश जारशाही शासनलाई उखेलेर फालिदियो । उदारबादी बुर्जुआ बर्ग त्यतिबेला रुसी मजदुर किसानको साथमा थियो र जारशाहीको पत्तन पछि उसैले शासन सम्हालेको थियो । क्रान्तिकारी भएको दाबी गर्ने रुसका धेरैजसो राजनीतिक दलहरुले त्यतिबेला के भन्न शुरु गरिसकेका थिए भने रुसी सर्बहारा बर्ग अहिले पनि यत्तिका धेरै कमजोर र पिछडिएको छ कि उसले राजनीतिक सत्ता सम्हाल्न सक्तैन । तिनको के दलील थियो भने सर्बहारा बर्गले अहिले नयाँ बुर्जआ सरकारको समर्थन गर्नु पर्दछ र पूँजीवादी बिकासलाई अघि बढाउन मद्दत गर्नु पर्दछ । समाजवादी क्रान्ति अहिले भबिष्यको कुरा हो । यस प्रकारको बिचार बोल्शेभिक पार्टी भित्र पनि प्रवेश गरिसकेको थियो । मार्चमा कारावासबाट छुटेपछि स्तालिन केन्द्रिय कमिटीको निर्देशनमा सेण्टपिटर्सबर्गमा काम सम्हाल्न आउँदा यस सम्वन्धमा उनले त्यहाँ पार्टी भित्र तीब्र आन्तरिक संघर्ष जारी रहेको पाए । उनले लेनिनको पक्ष लिदै मजदुर बर्गले ततकालै समाजवादी क्रान्तिको तयारी गर्न पर्छ भनेर त्यस दिशामा लागे ।

स्तालिनलाई बोल्शेभिकहरुको पत्रिका ‘प्राभ्दा’को जिम्मेवारी सुम्पिएको थियो र उनीहरुले यस बिचारलाई ब्यापक जनताका बीचमा पु¥याउनका लागि पत्रिकाको मजाले उपयोग गरे । अक्टोबर महिनामा केन्द्रिय समितिले के निर्णय लियो भने सेण्टपिट्सबर्गका मजदुर तथा सैनिकले आफ्नो नेतृत्वमा शीत प्रासाद (वीण्टर प्यालेस)मा हमाला गरेर सर्बहारा बर्गको सरकार स्थापना गर्नेछन् । यो निर्णयले कतिपय बुद्धिजीवी नेताहरुलाई निक्कै अप्ठ्यारो तुल्यायो । ती बुद्धिजीवी नेताहरु क्रान्तिको कुरा त गर्दथे तर शायद तिनलाई आशा थिएन कि एउटा वास्तबिक क्रान्तिकारी परिस्थिति तिनको अगाडि नै खडा हुन गइरहको छ । ती बुद्धिजीवी क्रान्तिकारीहरु मध्येका दुइजना जिनोबिएभ र कामोनेभले त बुर्जुआ अखबारलाई के पनि बताइदिएका थिए भने बोल्शेभिकले सत्तामा कब्जा गर्ने गोप्य योजना बनाइरहेका छन् । सत्तामा कब्जा गरेपछि केन्द्रिय कमिटीका अर्का एकजना सदस्य राइकोभले ती दुबैलाईसाथ दिएर बुर्जआ पार्टीहरुसँग गोप्य सम्झौता गरेका थिए जस अन्तरगत बोल्शेभिकले सत्ताबाट राजीनामा दिन्थ्यो, प्रेस पुनः बुर्जुआ बर्गको हातमा सुम्पिदिन्थ्यो र लेनिनलाई कुनै पद सम्हाल्न दिदैनथ्यो । तर तिनको त्यो षडयन्त्रको केही लागेन ।

अक्टोबर समाजवादी क्रान्ति पछि चलेको लामो गृह युद्धको क्रम र कालखण्डमा स्तालिन एक दृढ निश्चयी, कुशल र प्रेरक सैन्य नेताकारुपमा देखापरे । त्यतिबेला ट्रास्की लाल सेनाका प्रमुख थिए तर मजदुर र आम सिपाहीहरुमाथि भरोसा र बिश्वास गर्नुको साटो उनी जारशाही फौज र अफिसरहरुलाई आफुतर्फ मिलाउने र तिनलाई क्रान्तिकारी सेनाको कमान सुम्पिने कोशिशमा बढी समय खर्च गरिरहेका थिए । जनताको जुझारुपन र साहसमा भर पर्नुको साटो उनी प्राबिधिक तकनिकीमा बढी यकिन गर्दथे । यसैको परिणाम थियो कि लाल सेनाले एक पछि अर्को पराजयको सामना गर्नु परिरहेको थियो । अर्कोतिर स्तालिन मजदुर र किसानको दृष्टिकोणले सैन्य स्थितिलाई हेर्दथे, बुझ्दथे र तिनको सामर्थ्य र सीमाहरुका बारेमा राम्रोसँग जानकार थिए ।

स्तालिनलाई १९१९ मा बोल्गा नदीको किनारा स्थित महत्वपूर्ण शहर जारित्सिनको मोर्चामा रसद पानी आपूर्तिको बहालीकाे जिम्मेवारी दिएर पठाइयो । जारिस्तानलाई क्रान्ति बिरोधी दुश्मनको फौजले घेरिराखेको र शहरभित्र क्रान्ति बिरोधीहरु घुसपेठ गरिरहेका थिए । स्तालिनले ट्राट्स्कीलाई अतिक्रमण गरेर तुरुन्तै नेतृत्व आफुले सम्हाले र दृढ निर्णय लिदै फौजी अफिसर तथा पार्टी भित्र घुसेका क्रान्ति बिरोधीहरुलाई बाहिर निकालेर उनले त्यो शहर र पूरै क्षेत्रलाई मुक्त गराए । अप्रसन्न ट्राट्स्कीले स्तालिनलाई फिर्ता बोलाउन माग गरे तर त्यसपछि त स्तालिनलाई गृह युद्धको हरेक महत्वपूर्ण मोर्चामा जिम्मेवारी सम्हाल्न पठाउन थालियो । स्तालिनले पनि हरेक ठाउमा क्रान्तिकारी जनताको सम्मान आर्जित गर्दै गए र कठिनतम परिस्थितिमा पनि बिजय हासिल गर्न कुशल नेतृत्व प्रदान गरे । गृह युद्ध समाप्त हुँदासम्म स्तालिन एउटा यस्तो ब्यक्तित्वका रुपमा स्थापित भइसकेका थिए जसलाई थाहा थियो कि काम कसरी गरिन्छ । यो गुण अभिजात बर्गबाट आएका त्यस्ता बुद्धिजीवी कम्युनिष्टहरुमा थिएन जसले आफुलाई सर्बहारा बर्गको महान नेता सम्झन्थे । १९२२ अप्रिलमा स्तालिनलाई बोल्शेभिक कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको महासचिव बनाइयो ।

लेनिनको निधन पछि रुसमा समाजवादको निर्माण जारी राख्ने प्रश्नमाथि पार्टी भित्र एउटा तीखो संघर्ष शुरु भयो । ट्राट्स्की र उनका समर्थकहरुको भनाइ थियो कि सर्बहारा बर्ग एक्लैले सोभियत संघमा शासन सत्ता टिकाउन सक्तैन र उनीहरु यूरोपको सर्बहारा बर्ग खडा हुनेछ भन्ने आशा लगाएर बसेका थिए । अर्कोतिर स्तालिनको के मान्यता थियो भने शोषित उत्पीडित किसानको ठूलो जनसंख्याले क्रान्तिमा रुसी सर्बहारा बर्गको साथ दिनेछ र सोभियत जनताले आफ्नै बूतामा समाजवादको निर्माण गर्न सक्षम हुने मात्र होइन देश भित्र र बाहिर शक्तिशाली दुश्मनहरुबाट त्यसको रक्षा गर्न पनि सक्षम हुनेछ । पार्टी भित्रका निराशाबादीहरु र बाहिरका प्रतिकृयावदीहरुका हरेक प्रत्यत्न र षडयन्त्रहरु हुँदाहुँदै पनि इतिहासले स्तालिन सही थिए भन्ने साबित गरिदियो ।

जब बोल्शेभिकहरुले १९१७ मा शासन सम्हालेका थिए त्यतिबेला पूरै रुसी साम्राज्यको अबस्था गए गुज्रेको थियो । रुसका ठूला शहरहरुमा अराजकता र नाजुक स्थिति थियो । नयाँ सरकारले काम शुरु गर्नुभन्दा पहिलादेखि नै रुसी जमिनदार, पूँजीपति र पुराना शासनका जनरलहरुले पूरै जोडबल लगाएर त्यो शासनमाथि हमला शुरु गरेका थिए । बृटेन, फ्रान्स, जापान र पोल्याण्डको एकजुट सेनाका अतिरिक्त अमेरिका तथा एक दर्जनजति अन्य पूँजीवादी देशका सैनिक टुकुडीहरुले पनि यो पहिलो मजदुर बर्गको राज्यलाई उखेलेर फाल्नका लागि रुसमाथि हमला शुरु गरिदिएका थिए । तीन बर्षसम्म पूरै सोभिय संघ गृह युद्धको आगोको लपेटामा परेर झुल्सिदै रह्यो । १९२० मा गृह युद्ध समाप्त हुँदा खेतीपातीको उत्पादनमा ५० प्रतिशतले कमी आइसकेको थियो भने क्रान्तिभन्दा पहिलादेखि नै खेतीको हालत यस्तो खराब रहेको थियो कि किसानको ठूला जनसंख्या भयंकर गरीबीमा डुबेको थियो । उद्योगहरुको अबस्था त झन खराब थियो । युद्धको चपेटामा परेर धेरैजसा खानी र कारखानहरु बर्बाद बनेका थिए । यातायात र परिवहनको अबस्था पनि खराब थियो । ठूला स्तरका उद्योगहरुको उत्पादन पनि गृह युद्धको तुलनामा १/७ को अनुपातमा मात्र चलिरहेको थियो । क्रान्तिपछि ठूलो जागिरदारहरुको जमिन जफत गरेर किसानहरुलाई बाडियो । तर त्यतिबेला गाउँका पूँजीपति, जसलाई कुलक भनिन्थ्यो,ले किसानलाई अर्ध दास र आसामी बनाउने दिशामा धकेलिरहेका थिए ।

आधुनिक उद्योग, खेतीपाती, स्वास्थ्य र शिक्षालाई बिकसित गर्नका लागि आवश्यक प्राबिधिक ज्ञान र कौशल केही मानिसहरुका हातमा मात्र केन्द्रित र सीमित थियो । तीमध्येका पनि धेरैजसो समाजबादका बिरुद्ध थिए । श्रमजीवी जनताको सबैभन्दा ठूलो संख्या अशिक्षित थियो । सोभियत संघ बिश्वमा एक्लिएको थियो र शक्तिशाली पूँजीवादी देशहरुले उसलाई घेराबन्दी गरिराखेका थिए । तीमध्येका धेरैजसो देशहरुले सोभियत संघमाथि आर्थिक नाकाबन्दी नै लगाएका थिए र उसलाई मान्यता दिन पनि अस्वीकार गरिरहेका थिए । त्यति मात्रै होइन, पूँजीवादी दुनियाँले सोभियत ‘लाल भूत’हरुको नामोनिशान मेटाइदिने दाबी गरिरहेका थिए । त्यतिबेला बिश्वको अबस्था यस्तो थियो कि पूँजीवादी राष्ट्रका अतिरिक्त धेरैजसो तिनकै उपनिवेश या नब उपनिवेश रहेका थिए । यी सबै आन्तरिक र बाह्य गम्भीर समस्या र चूनौतिहरुका बीच स्तालिने सोभियत संघलाई कुशलता, सहास र धैर्यताकासाथ सम्हालेका मात्रै थिएनन् देशलाई एउटा उन्नत र शक्तिशाली समाजवादी दिशामा अग्रसर गराएका थिए ।

जब १९५३ मा स्तालिनको देहाबसान भयो त्यतिबेला सोभियत संघ बिश्वको दोश्रो सबैभन्दा ठूलो औद्योगिक, बैज्ञानिक तथा सैन्य शक्ति बनिसकेको थियो । अनि त्यो यस कुराको स्पष्ट संकेत पनि थियो कि ती सबै क्षेत्रमा चाडै नै उसले अमेरिकालाई पछाडि पार्ने छ । यस प्रकारको उन्नति पनि त्यति बेला भएको थियो जतिबेला दोश्रो महायुद्धको क्रममा फासिष्ट शक्तिलाई पराजित तुल्याउनमा सोभियत संघले यति ठूलो र भिषण युद्ध झेल्नु र नोक्सानी उठाउनु परेको थियो कि जसबाट कुनै पनि देश दशकौं पछाडि धकेलिने ठूलो सम्भावना रहेको थियो । हुन पनि दोश्रो बिश्व युद्धमा बिश्वमै सबैभन्दा बढी सोभियत संघले आफ्ना दुइ करोड यूवा यूवतिलाई गुमाउनु परेको थियो । सोभियत श्रोत साधनको असंख्य ठूलो नोक्सानी भएको थियो । तर केही बर्ष भित्रै स्तालिनको नेतृत्वमा सोभियत संघका जनताले नयाँ नयाँ बिकासका चमत्कारहरुको रचना र निर्माण गर्दै सोभियत संघलाई पुनः बिकासको अग्रिम मोर्चामा खडा गरेको थियो ।

सोभियत संघबाट भोकमरी र अशिक्षा पूर्णरुपले समाप्त पारिएको थियो । खेतीपातीको सामुहिकीरण भइसकेको थियो, उत्पादनशीलता र उत्पादन पहिले कहिलेभन्दा धेरै गुणा बढेको थियो । सबै नागरिकलाई उन्नत, आधुनिक राम्रो चिकित्सा निःशुल्क उपलब्ध गराइएको थियो । प्रत्येक स्तरको शिक्षा पनि निःशुल्क उपलब्ध थियो । सोभियत संघमा बिश्वका कुनै पनि देशमाभन्दा बढी किताबहरु छापिन्थे र त्यहाँ बोलिने हरेक भाषामा छापिन्थे । बेरोजगारी, महँगी, बेश्याबृत्ति, नशाखोरी आदिका समस्या त १९३० दशकमै समाप्त पारिएका थिए । बिश्वमा सोभियत संघमा नै पहिलो पटक महिलाहरुलाई चुलो चौको र दासताको चौघेरबाट स्वतन्त्रता मिलेको थियो र महिलाहरु पनि जीवनको हरेक क्षेत्रमा पुरुषहरुसँगसँगै खडा हुने र अघि बढ्ने अनुकूल बातावरण बनेको थियो । दोश्रो बिश्व युद्धको भिषण बर्बादी र उथल पुथलको क्रममा र त्यसपछि पनि सोभियत सघका बिभिन्न राष्ट्रियताका जनता एकजुट थिए । यी सबै कुरा स्तालिनकै कुशल नेतृत्वमा सम्भव र सफल भएका थिए।

त्यतिबेलाको सोभियत संघ बिश्वभरीका शोषण उत्पीडनका बिरुद्ध संघर्षरत जनताको लागि अजश्र प्रेरणाको श्रोत र मद्दतको सम्बल बनेको थियो । चीनीया कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनका जनताले साम्राज्यवाद र सामन्तबादका जुवालाई उखेरलेर फाले, कोरिया, भियतनाम र पूरै हिन्द चीनमा साम्राज्यवादी शक्तिहरु पछि हटिरहेका थिए । बिश्व युद्धको क्रममा फाशिष्टहरुलाई खेदिरहेको सोभियत सेनाका मद्दतबाट स्थानीय कम्युनिष्ट नेतृत्वमा लडिरहेका छापामार शक्तिहरुले पूर्वी यूरोपको राजतन्त्र र फाशिष्ट सैनिक तानाशाही सत्तालाई उखेलेर फालेका थिए । अनि ती सबै देशहरुमा जनवादी सत्ता कायम गरेका थिए । बिश्वका उपनिवेश तथा नब उपनिवेश देशहरुमा राष्ट्रिय मुक्ति संघर्ष अगाडि अगाडि बढिरहेको थियो र बिश्वका झण्डै एक तिहाई जनसंख्या उपनिवेशको पराधिनताबाट मुक्त भइसकेको थियो । अफ्रिका महाद्विपमा जनता जागेर उठेका थिए । सारा संसारभरी लडिरहेका जनता एक स्वरले स्तालिनलाई आफ्नो मित्र र गुरु मान्दथे ।

यसकारण स्तालिन सोभियत संघमा पूँजीवादी पुनर्स्थापनाकाे मनसुवा राख्नेहरुको बाटोका सबैभन्दा ठूलो बाधक या अबरोधक थिए । अनि पूरै बिश्वका पूँजीवादी शक्तिहरुको आँखामा उनी लगातार बिजाइरहेका थिए । स्तालिनबाट भएका केही सैद्धान्तिक कमजोरी र परिस्थितिको भयंकर ठूलो दबादमा भएका कतिपय गल्तीहरुको फाइदा उठाएर रुसमा पार्टी र समाजभित्र हुर्किन सफल भएका पूँजीवादी तत्वहरुले स्तालिनको निधन पछि १९५६ यता सोभियत सत्तामाथि क्रमश कब्जा जमाउँदै गए । तिनले इतिहासको क्रान्तिकारी धारालाई उल्टाउने बाटो लिए । अनि त्यो गलत बाटोलाई सही साबित गर्नका लागि सोभियत रुस र बिश्वभरी नै स्तालिनको खोइरो खन्ने र घृणा फैलाउने काममा हदैसम्म तिनीहरु उत्रिए । सारा संसारका पूँजीपति बर्गले खुशी खुशी उनीहरुको यो काममा सहयोग पु¥यायो र अहिलेसम्म पनि त्यो झुटो अभियानको क्रम जारी नै । तर यस्तो झुटको कारखाना रातोदिन चलाए पनि उनीहरुले श्रमजीवी जनताको मन मस्तिष्कबाट स्तालिनको स्मरण र उनको शिक्षालाई आजसम्म मेटाउन सकेका छैनन् र जनताको मुक्तिको चाहनालाई कीमार्थ टार्न सक्ने पछि छैनन् । किनभने मार्क्स एंगेल्स, लेनिन स्तालिन र माओ तथा हो चिमिन्ह, कि मिल सुङ्ग र क्याष्ट्रोले जुन बाटो देखाएका छन् र त्यो सामन्तबाद साम्राज्यवाद बिरोधी, शोषण उत्पीडन बिरोधी जनमुक्ति तथा राष्ट्र मुक्तिको बाटो हो । बर्गबिहीन र शोषणबिहीन समुन्नत, सभ्य र सुसँस्कृत बिश्व समाज निर्माणको बाटो हो । त्यो बाटो अजेय र अपरिहार्य छ । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे जर्नल र इ पुस्तक सार्वजनिक

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे जर्नल र इ पुस्तक सार्वजनिक

७ घण्टा अगाडि
९० दिनमा सकियो सौगात मल्ल अभिनीत ‘जुबा’को छायांकन

९० दिनमा सकियो सौगात मल्ल अभिनीत ‘जुबा’को छायांकन

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विजया दशमीको साइत सार्वजनिक

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेरको घरमा छापा

इन्तरनेटबाट भाेटदिने व्यवस्था गर्नुपर्नेमा जाेड

कांग्रेशकाे निर्वाचनका लागि उम्मेदवारी प्रारम्भिक नामावली सार्वजनिक

कांग्रेसको केन्द्रीय सदस्य पदमा यादवको उम्मेदवारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक