बिहि, कार्तिक १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

यातायात मजदुरमाथि ट्राफिक प्रहरीको ज्यादती

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
यातायात मजदुरमाथि ट्राफिक प्रहरीको ज्यादती
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ट्राफिक प्रहरीले यातायात मजदुरमाथि ज्यादती गरेको भन्दै राजधानीको बालाजु क्षेत्रमा शुरू भएको आन्दोलनले उग्र रूप लिएको छ । सार्वजनिक यातायातमाथि ट्राफिक प्रहरीले अनावश्यक हस्तक्षेप गरेको भन्दै आन्दोलनमा उत्रिएपछि त्यस क्षेत्रमा लुटपाटसमेत मच्चिएको छ । ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गरेको भन्दै लिने जरिवाना बढी भएको विरोधमा यातायात क्षेत्र ठप्प पारेर आन्दोलनमा उत्रिएका मजदुर र प्रहरीबीच पटकपटक झडप भएको थियो । आन्दोलनकारीले नेपाल प्रहरीको माछापोखरीमा रहेको अस्थायी प्रहरी बिट र २ वटा भ्यानमा आगो लगाइदिएका छन् । त्यसै गरी आन्दोलकारीले ल्होत्से महलभित्र प्रवेश गरी तोडफोड गरेका छन् । ट्राफिक प्रहरीले माघ १ गतेदेखि देशभर सवारी नियम उल्लंघन गर्ने सवारीकर्ताले १ हजार ५ सय रुपियाँ जरिवाना पु¥याएपछि यातायात मजदुरले त्यसको विरुद्धमा आवाज उठाउँदै आएका थिए । यातायात मजदुरले आज मंगलबार उपत्यकामा सार्वजनिक सवारीसाधन चल्न नदिने घोषणा गरेका छन् । सोमबार बालाजु क्षेत्रमा भएको आन्दोलनका कारण लामो दूरीमा चल्ने सार्वजनिक बससमेत प्रभावित भएका थिए । राजधानीबाट बाहिर जाने कुनै पनि सवारीसाधन चल्न सकेका थिएनन् । आन्दोलनमा सहभागीहरूमध्ये केही युवाहरू लुटपाटमा समेत संलग्न भएपछि स्थिति प्रहरीको नियन्त्रण बाहिर गएको थियो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन पटकपटक प्रयास गरेको भए पनि आन्दोलनकारी अनियन्त्रित भएपछि प्रहरीले केही राउन्ड हवाइ फायर गरेको थियो । नयाँ बसपार्क बाहिर रहेका साना सार्वजनिक सवारीसाधनको पार्किङसमेत नयाँ बसपार्कबाट नै हुनुपर्ने नियम बनाएपछि यातायात मजदुरहरू नयाँ बसपार्क सञ्चालन गर्दै आएको ल्होत्से बहुउदेश्यीय कम्पनीविरुद्ध आन्दोलनमा उत्रिएका थिए । आन्दोलनका नाममा स्थानीय ट्यापे मुन्द्रेहरूको प्रवेश भएपछि स्थिति नियन्त्रण बाहिर गएको थियो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बालाजु क्षेत्रको अवस्था तनावग्रस्त भए पनि उक्त आन्दोलन प्रहरीको नियन्त्रण बाहिर नगएको दाबी गर्नुभयो । सो क्षेत्रमा आन्दोलनकारीले बाटोबाटोमा सवारीसाधन तेस्र्याएर विरोध प्रदर्शन गरेपछि बाटोमा हिँड्ने बटुवासमेत प्रभावित भएका छन् । बटुवालाई समेत आन्दोलनकारी र सुरक्षा निकायले लखेटेकाले स्थिति झन् अन्योलग्रस्त बनेको स्थानीय व्यवसायी सन्तोष बस्नेतले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । आन्दोलनका कारण सार्वजनिक तथा निजी सवारीसाधन नचलेपछि सो क्षेत्रमा बसोबास गर्ने स्थानीय पनि प्रभावित भएका छन् । उनीहरूलाई आन्दोलनकारी र प्रहरीले समेत सार्वजनिक बाटोबाट हिँड्न रोक लगाउँदा स्थानीय सर्वसाधारणहरू हात उठाएर आ–आफ्नो गन्तव्य गइरहेको कारुणिक दृश्य देखिएको थियो । स्थितिलाई नियन्त्रणमा लिन सयौंको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ । दुवै तर्फबाट ढुंगा हानाहान हुँदा सो क्षेत्र रणभूमिमा परिणत भएको छ । आन्दोलनले उग्ररूप लिएपछि आन्दोलनकारी र सरकारी पक्षबीच वार्ता भए पनि वार्ता निष्कर्षमा भने पुगिसकेको छैन । सो क्षेत्रमा राखिएको सार्वजनिक सम्पत्तिमा समेत आन्दोलनकारीले निसाना बनाउँदा सवारी सुरक्षाका लागि राखिएका सबै वस्तुहरूमाथि आन्दोलनकारीले आक्रमण गरेका छन् । केही महिनायता सवारी नियम उल्लंघन गर्नेमाथि कारबाही गर्ने भन्दै ट्राफिक प्रहरी निर्मम बन्न थालेपछि यातायात मजदुर आक्रोशित हँुदै आएका थिए । अहिले ३ वटा मजदुर संगठनले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेको उनीहरूले जनाएका छन् । आन्दोलनमा उत्रने मजदुर संगठनमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल मजदुर यातायात संघ र अखिल नेपाल मजदुर संघ रहेका छन् । उनीहरूले विभिन्न १० बुँदे मागसमेत राखेका छन् । यातायात मजदुरहरूले अहिले लागू भएको ट्राफिक नियमसमेत नमान्ने घोषणा गरेका छन् । उनीहरूले ऐन संशोधनको मागसमेत गरेका छन् ।

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

११ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक