बिहि, मंसिर ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

खडेरीको कारण ७५ करोड मानिस प्रभावित

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
खडेरीको कारण ७५ करोड मानिस प्रभावित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । मौसममा आएको परिवर्तनको कारण दक्षिण एसियाली राष्ट्रहरूमा ३५ वर्षमा देखा परेको खडेरीको कारण ७५ करोड मानिस प्रभावित भएको साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एण्ड इन्भाइरोमेन्ट (सावती)ले बताएको छ।

काठमाडौंमा चलिरहेको १५औं दक्षिण एसियाली आर्थिक सम्मेलनमा सावतीका अध्यक्ष डा. रत्नाकर अधिकारीले यस्तो बताएका हुन्। भुटान, नेपाल, भारत र बंगलादेशको उदाहरण दिँदै अधिकारीले पछिल्लो समय दक्षिण एसियाली राष्ट्रहरूले हरित समतामूलक रूपान्तरण (ग्रीन इक्विटेबल ट्रान्सफरमेसन) मा प्रगति गरिरहेको जनाए।

यसबाट यी मुलुकले लाभ लिन सक्ने अवस्था समेत बनिरहेको उनले बताए। ‘भुटानले कार्वन उत्सर्जन शून्य गरेकै कारण उसले कार्वन उत्सर्जन भइरहेका मुलुकहरूको तुलनामा अन्तर्राष्ट्रिय बजारमा पहुँच पाएको छ,’ अधिकारीले थपे, ‘नेपालले पछिल्लो समय नर्वेलाई समेत उछिन्दै सस्तोमा विद्युतीय सवारी चलाउन सकिने मुलुकमा माथिल्लो स्तरमा उक्लिएको छ।’ त्यस्तै, हालै मात्र भारतले जैविक ऊर्जामा रहेको परनिर्भरता घटाउँदै लगेको छ।

अहिले जैविक ऊर्जामा भारतको निर्भरता ५६ प्रतिशतमा सीमित भएको छ भने सन् २०३० सम्म भारतले ऊर्जा खपतमा स्वास्थ्य ऊर्जाको प्रयोग बढाएर ५० प्रतिशत पुर्‍याउने भएको छ।

बंगलादेशले पनि पछिल्लो समय विद्युतीय सामग्रीबाट उत्पन्न हुने फोहर कम गर्न यस्ता समानको बिक्री गर्ने इकमर्श प्लाटफर्म बनाएको छ। जसबाट मासिक ८ हजारसम्म सेकेण्ड ह्याण्ड विद्युतीय सामग्रीको बिक्री भइरहेको अधिकारीले जनाए।

बढ्दो प्राकृतिक विपत्तिको कारण सन् २०५० मा मात्रै दक्षिण एसियाली मुलुकहरूको कुल गाहस्थ्य उत्पादन (जिडिपी) पाँच खर्ब १८ अर्ब डलर बराबरले संकुचित हुने बताइएको छ। त्यस्तै, यस्ता विपत्ति लगायतको सामना गर्न यी मुलुकहरूलाई सन् २०३० सम्म १७ खर्ब ५८ अर्ब डलर वित्तीय स्रोत आवश्यक पर्ने जनाइएको छ।

यो पनि पढ्नुहोस्

देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै विश्व वातावरण दिवस

देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै विश्व वातावरण दिवस

६ महिना अगाडि
देशभर तापक्रम बढ्दै

केही दिनयता देशभर गर्मी बढ्दै

७ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

मेयर पदमा पूर्वमन्त्रीकाे उम्मेदवारी

पूर्वआईजीपी कार्कीको आदेश आउन बाँकी

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

मतदाता नामवलीमा दोहोरो नामवली खारेज

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक