आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

तीन वटा पाँचतारे होटलको सेवा बन्द, तीन नवीकरणविनै सञ्चालनमा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
तीन वटा पाँचतारे होटलको सेवा बन्द, तीन नवीकरणविनै सञ्चालनमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालमा खुलेका पाँचतारे होटलमध्ये तीन वटा पाँचतारे होटलको सेवा बन्द भएको छ । पर्यटन विभागका अनुसार अहिले पोखरास्थित होटल द फूलबारी लिमिटेड, काठमाडौंको लाजिम्पाटस्थित होटल साङ्ग्रिला र दरबारमार्गस्थित होटल डेला अन्नपूर्णको सेवा अहिले बन्द छ । विभागका निर्देशक तथा प्रवक्ता कालीबहादुर भुजेलका अनुसार यी होटल आन्तरिक कारणले बन्द भएका हुन् ।

यसमध्ये अन्नपूर्ण होटलको नवीकरणको अवधि बाँकी रहेका कारण उसको कानुनी हैसियत बाँकी छ । साविकमा अन्नपूर्ण होटल रहेको स्थानमा ६ अर्ब रुपैयाँ लगानीमा २५ तलाको अन्नपूर्ण स्क्वायर होटल निर्माण सुरु गरिएको छ । जसमा भाटभटेनी, लिटिल एन्जल्स र अन्नपूर्ण समूहले लगानी गर्दैछन् । यो स्थानमा २०८५ सालदेखि नयाँ होटल सञ्चालनको योजना छ ।

फूलबारी र साङ्ग्रिला बन्द भएका कारण यी होटलले पाँचतारेको हैसियतमा कानुनी मान्यता नपाउने उनले जानकारी दिए । कोभिड महामारीको संकटयता आतिथ्य सेवा प्रभावित भयो । त्यसपछि उठ्न नसकेका कतिपय होटलहरूले अझै सेवा सुरु गर्न सकेका छैनन् ।

उता सञ्चालनमा रहेका मध्ये पनि तीन पाँचतारे होटलको इजाजत नवीकरण नभएको विभागले जानकारी दिएको छ । विभागका अनुसार नयाँ बानेश्वरस्थित एभरेस्ट होटल, दरवारमार्गस्थित याक एन्ड यति र लाजिम्पाटस्थित र्‍याडिसन होटल (ओरियन्टल) ले इजाजत नवीकरण गरेका छैनन् । होटलहरू कुनै सरकारी निकायमा दर्ता भएपछि सञ्चालनमा आउन पाउँछन् ।

तर, पर्यटन विभागबाट स्तर वर्गीकरणको इजाजत नलिएसम्म उनीहरूको स्तरले कानुनी मान्यता पाउँदैन । एभरेस्टसहित तीन होटल सोही अनुसार चलिरहेको निर्देशक भुजेलले जानकारी दिए । सेवा बन्द भएको र इजाजत नवीकरण नभएका होटलले कानुनी रूपमा पाँचतारे मान्यता नपाउँदा अहिले देशभर मान्यताप्राप्त पाँचतारे होटलको संख्या १७ मात्र हुन आउँछ ।

नवीकरण नभएका होटलहरूमा यसअघि क्यासिनोको बक्यौता भुक्तानीको इस्यु रहेको छ । होटलको इजाजत हरेक ५/५ वर्षमा नवीकरण गर्नुपर्छ । सरकारले नवीकरणका दौरान बक्यौता फरफारक अनिवार्य गरेसँगै होटलहरूको नवीकरण रोकिएको छ ।

पर्यटन विभागका अनुसार दरवारमार्गस्थित याक एन्ड यति होटल ६ चैत २०६० मा पाँचतारे होटलका रूपमा स्तर वर्गीकरणमा परेको हो । होटल एभरेस्ट २२ माघ २०४२ मा पाँचतारे होटलका रूपमा स्तर वर्गीकरणमा परेको थियो । होटल द फूलबारीले भने १९ कात्तिक २०५६ मा पाँचतारे स्तरको मान्यता पाएको थियो । होटल डेला अन्नपूर्णले २०२९ सालमै पाँचतारे होटलको मान्यता पाएको थियो । साङ्ग्रिला होटलले भने २०७२ सालमा पाँचतारे मान्यता पाएको थियो । र्‍याडिसन होटलले २०५६ सालमा पाँचतारे मान्यता पाएको विभागको तथ्यांकमा उल्लेख छ ।

विभागले पछिल्लो समय पाँचतारे भन्दा माथिल्लो स्तरमा समेत होटलको वर्गीकरण गर्ने गर्छ । सोही अनुसार ताहाचलस्थित सोल्टी होटललाई भने पाँचतारा डिलक्सको स्तरमा वर्गीकरण गरिएको उनले जानकारी दिए । झापाको होटल मेची क्राउन समेत यसै स्तरमा रहेको छ ।

विभागले हेरिटेज बुटिकका रूपमा समेत होटलहरूलाई छुट्टै वर्गीकरणमा राख्न थालेको छ । जसमा द्वारिकाज काठमाडौंदेखि बसेरा बुटिक होटलसम्म रहेका छन् । यस्ता होटललाई लक्जरी, डिलक्स र हेरिटेज भनी छुट्टै वर्गीकरण गरिन्छ ।

पछिल्लो तथ्यांक अनुसार सबैभन्दा कान्छो पाँचतारे होटल बूढानीलकण्ठस्थित होटल फरेस्ट इन लिमिटेड हो । यो होटल २३ असोज २०८१ मा मात्र पाँचतारे होटलका रूपमा वर्गीकरणमा परेको हो । दोस्रो कान्छो पाँचतारे होटल बूढानीलकण्ठस्थित बूढानीलकण्ठ हेरिटेज लि लेमन ट्री प्रिमियर हो । यो होटलले १८ जेठ २०८१ मा पाँचतारे मान्यता पाएको हो ।

अच्युत पुरी अनलाइन खबर

यो पनि पढ्नुहोस्

लोकसेवा आयोगको आज प्रभातफेरी निकाल्याे

लोकसेवा आयोगको आज प्रभातफेरी निकाल्याे

२ घण्टा अगाडि
रगतको चरम अभाव

आज विश्व रक्तदाता दिवस

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक