बिहि, अशोज २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

बीआरआईको अवसरबाट नेपाल वञ्चित हुन नपरोस् !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

निमकान्त पाण्डे

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण गरी बिहीबार स्वदेश फर्किंदै छन् । उनको यसपटकको भ्रमणमा पनि नेपाल र चीनले सबैभन्दा बढी प्राथमिकता दिएको बीआरआई फ्रेमवर्कमा हस्ताक्षर हुन सकेन । प्रधानमन्त्री ओलीले चीन भ्रमणअघि नै बीआरआई कार्यान्वयनको विषयमा ठूलो बहस भएको थियो । वामपन्थी दलहरुले बीआरआई कार्यान्वयन सम्झौतामा जोड दिए पनि कांग्रेसले असहमति जनाएको थियो । पछि बीआरआई फ्रेमवर्कको मस्यौदा तयार भएको थियो । तर त्यसमा सम्झौता हुन नसकेको हो । यसले नेपालमा बीआरआई कार्यान्वयनमा अझै जटिलता देखिएका छन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा आएको नेपाल–चीन संयुक्त वक्तव्यमा जतिसक्दो चाँडो फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअपरेसनमा हस्ताक्षर गर्ने विषय उल्लेख छ । जुन आजभोलि वा यसका लागि लामो समय लाग्ने स्पष्ट छैन । सरकारले निर्माण गर्ने बीआरआईअन्तर्गतका परियोजनाहरु ‘अनुदानमा आधारित लगानी’ मा गर्ने प्रस्ताव नेपालले गरेकोमा चीनले अनुदान शब्द हटाएर पठाएपछि त्यसमा दुई पक्षबीच सहमति जुट्न सकेको छैन ।

दुवै देशले ‘ट्रान्स–हिमालयन बहुआयामिक सम्पर्क सञ्जाल निर्माण’ सम्बन्धी समझदारीपत्रमा पनि छिटोभन्दा छिटो हस्ताक्षर गर्ने तत्परता व्यक्त गरेका छन् । ‘यस सहकार्यले बन्दरगाह, सडक, रेलमार्ग, उड्डयन, विद्युत् ग्रिड र दूरसञ्चारजस्ता क्षेत्रमा दुई देशबीचको सम्पर्क सुदृढ गर्दै नेपाललाई भू–परिबेष्टित राष्ट्रबाट भू–संलग्न राष्ट्रमा रूपान्तरण गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरिएको छ’ वक्तव्यमा छ ।

त्यसो त यो भ्रमणबाट चीनबाट सहयोगका विषयमा केही सकारात्मक पक्ष पनि देखिएका छन् । दुवै पक्षले दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन बन्दरगाह, सडक, रेलवे, उड्डयन, पावर ग्रिड, र टेलिकम जस्ता क्षेत्रहरूमा सम्बन्ध विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको, जसले नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूलंकित देशमा रूपान्तरण गर्ने संयुक्त वक्तव्यमा उल्लेख छ । त्यस्तै, चीनले अरनिको राजमार्ग मर्मत परियोजनाको चौथो चरण र हिल्सा–सिमकोट सडक परियोजना अगाडि बढाउने, काठमाडौं रिङ रोड सुधार परियोजनाको दोस्रो चरण कार्यन्वयन गर्ने र टोखा–छहरे सुरुङको सम्भाव्यता अध्ययन चीनले गरिदिने सहमति भएको पनि वक्तव्यमा जनाइएको छ । स्याफ्रुबेशी–रसुवागढी राजमार्ग मर्मत परियोजनालाई अघि बढाउँदा दुबै पक्षले राजमार्गको बाधा हटाउन र यसको निर्माणलाई तीव्रता दिन सहमति जनाएको पनि उल्लेख छ ।

कोशी आर्थिक करिडोर, गण्डकी आर्थिक करिडोर, र कर्णाली आर्थिक करिडोरका तीन उत्तर–दक्षिण करिडोरहरूका विकासका लागि सहकार्यको सम्भाव्यता अध्ययन गर्ने प्रतिबद्धता गरिएको पनि संयुक्त वक्तव्यमा उल्लेख छ । जिलोङ–केरुङ–रसुवागढी बन्दरगाह, झाङ्मु–कोदारी बन्दरगाह, पुलान–यारी बन्दरगाह, र लिजी–नेचुङ (कोरला, मुस्ताङ) बन्दरगाहहरूको सुव्यवस्थित सञ्चालन, चीनले कोरला, मुस्ताङमा भन्सार डिपोर एकीकृत जाँच पोस्ट निर्माणमा सहयोग पु¥याउने प्रतिबद्धता जनाएको पनि वक्तव्यमा उल्लेख छ ।

तर, बीआरआई कार्यान्वयनको विषयमा अझै हस्ताक्षर हुन नसक्नु चिन्ताको विषय हो । बीआरआई चीनको विशाल र महत्वाकांक्षी परियोजना हो । यो धारणा पुरानो सिल्करोडको नयाँ स्वरुप हो । यसले विश्वलाई एक क्षेत्र एक सडकको माध्यमबाट जोड्ने लक्ष्य लिएको छ । यो परियोजनामा विश्वका विभिन्न देशहरु सहभागी भएका छन् । विशेषगरी रेललाइन र सडकको कनेक्टिभिटीसँग सम्बन्धित यो परियोजनाले खुल्ला व्यापार, आर्थिक समन्वय र जननजनको सामीप्य जस्ता विषयलाई पनि समेटेको छ । बिआरआईले अन्तर्राष्ट्रिय आर्थिक साझेदारी कोरिडरको अवधारणालाई बृहत् परियोजनाका रूपमा अगाडि सारेको छ । ती कोरिडरले एसियाली अर्थतन्त्रको सञ्जाललाई युरोपियन अर्थतन्त्रको सञ्जालसँग जोड्नेछन् र बहुराष्ट्रिय साझेदारी सशक्त बनाउनेछ ।

विश्वलाई नै समेट्ने गरी तयार गरिएको यो परियोजनामा नेपालले पनि हस्ताक्षर गरेको छ । तर, हालसम्म नेपालमा बीआरआईका कुनै पनि परियोजना कार्यान्वयनमा आएका छैनन् । चीनसँगको सडक सञ्जाल सम्पर्क बढाउनका लागि बीआरआई गतिलो विकल्प हुन सक्छ । चीन हुँदै अन्य देशहरुसँगको आयात निर्यातका लागि बीआरआईअन्तर्गतका सडक सञ्जाललाई उपयोग गर्न सक्ने हो भने भारतसँगको निर्भरता पनि घट्न सक्छ । यसले अन्ततः नेपालको विकासमा पनि ठूलो भूमिका खेल्नेछ । बीआरआई अवधारणाले नेपालमा रेलमार्ग, स्थलमार्ग तथा जलमार्गलगायत पूर्वाधार, ऊर्जा, पर्यटन, संस्कृतिका क्षेत्रमा लगानी प्रवद्र्धन हुने आशा गरिएको छ । यसले नेपालको अरु देशहरुसँगको सम्बन्ध राम्रो गर्नेछ । नेपालले विभिन्न दाता मुलुकहरुबाट लिंदै आएका कर्जाहरुको ब्याजदरभन्दा न्यून ब्याजदर बीआरआईमा छ । कम ब्याजदरमा कर्जा पाउँदा पनि त्यसलाई अस्वीकार गर्नु मूर्खता हो । चीनको विकासको लाभ लिन पनि बीआरआई आवश्यक छ । बीआरआईको अवसरबाट वञ्चित नहुन सबै राजनीतिक दलहरु गम्भीर बन्न आवश्यक छ । यसका लागि सबै राजनीतिक दलबीच राष्ट्रिय सहमति हुनुपर्छ र सर्वसम्मतिमा बीआरआई कार्यान्वयनको विषय अघि बढाउनुपर्छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे जर्नल र इ पुस्तक सार्वजनिक

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे जर्नल र इ पुस्तक सार्वजनिक

९ घण्टा अगाडि
९० दिनमा सकियो सौगात मल्ल अभिनीत ‘जुबा’को छायांकन

९० दिनमा सकियो सौगात मल्ल अभिनीत ‘जुबा’को छायांकन

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विजया दशमीको साइत सार्वजनिक

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेरको घरमा छापा

इन्तरनेटबाट भाेटदिने व्यवस्था गर्नुपर्नेमा जाेड

कांग्रेशकाे निर्वाचनका लागि उम्मेदवारी प्रारम्भिक नामावली सार्वजनिक

कांग्रेसको केन्द्रीय सदस्य पदमा यादवको उम्मेदवारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक