बिहि, मंसिर ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

काठमाडौंमा डिजिटल अधिकार महोत्सव

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
काठमाडौंमा डिजिटल अधिकार महोत्सव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । डिजिटल अधिकारको सुरक्षा तथा प्रवर्द्धनका रणनीतिहरू विकास गर्ने उद्देश्यकासाथ आयोजना गरिएको डिजिटल अधिकार महोत्सव, २०२४ काठमाडौंमा सम्पन्न भएको छ ।
डिसेम्बर १ देखि ३ सम्म काठमाडौंमा सम्पन्न महोत्सवमा डिजिटल अधिकार र सुशासनका महत्तवपूर्ण मुद्दाहरूलाई छलफल र सम्बोधन गर्नका लागि विज्ञहरू, अभियन्ताहरू र सरोकारवालाहरू सहभागी थिए ।
कार्यक्रममा डिजिटल अधिकार सम्मेलन २०२४, डिजिटल अधिकार फिल्म महोत्सव २०२४, अपांगता भएका व्यक्तिहरूका लागि इन्टरनेट गभर्नेन्स र डिजिटल अधिकार विषयक तालिम तथा इन्टरनेट गभर्नेन्स र डिजिटल अधिकार विषयक राष्ट्रिय स्कूल, २०२४ समावेश गरिएको थिए ।
महोत्सवमा सहभागी वक्ताहरू तथा अन्य सहभागीहरूले डिजिटल समावेशीकरणको पक्षमा वकालत गर्ने र डिजिटल क्षेत्रलाई सबैका लागि खुला, सुरक्षित, र समावेशी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । महोत्सवमा डिजिटल अधिकार र सुशासनका महत्तवपूर्ण मुद्दाहरूलाई केन्द्रमा राखेर छलफल तथा अन्तरक्रिया भएको थियो ।
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरको प्रमुख आतिथ्यमा शुरु भएको कार्यक्रममा प्रमुख वक्ताका रूपमा गौरवराज उपाध्याय, डा.मुहम्मद शब्बिर र डा. राधा पौडेलले मन्तव्य राखेका थिए भने समापन समारोहमा सर्वोच्च अदालतका न्यायाधीश माननीय हरिप्रसाद फुयाँल प्रमुख आतिथि थिए ।
सम्मेलनमा ग्लोबल डिजिटल सम्झौताः नेपालका लागि अवसर र चुनौती, भ्रामक सूचना र कृत्रिम बौद्धिकताको युगमा अभिव्यक्ति स्वतन्त्रता, सोसल मिडिया विधेयक २०८१ र यसको प्रभाव, सूचना प्रविधि र साइबर सुरक्षा विधेयक २०८१, कृत्रिम बौद्धिकताको प्रयोगद्वारा न्यायमा पहुँच र मानव अधिकारको संरक्षण, डिजिटल सार्वजनिक पूर्वाधार र डिजिटल अधिकार, कृत्रिम बौद्धिकताको सुशासनः महिला, बालबालिका, र अपाङ्गताको संरक्षण, नेतृत्व तालिमः अपाङ्ग व्यक्तिका लागि इन्टरनेट सुशासन र डिजिटल अधिकार लगायतका विषयमा छलफल गरिएको थियो ।
यस्तै सो अवसरमा इन्टरनेट सुशासनको परिचय र नेपालको डिजिटल पारिस्थितिकी पहुँचयोग्य डिजाइनका सिद्धान्तहरू, इन्टरनेट सुशासन नीति निर्माण,द साइबर सुरक्षा र पहुँच चुनौतिहरू,राष्ट्रिय र अन्तर्राष्ट्रिय अपाङ्गता अधिकार महासन्धि, डिजिटल अधिकार र प्रविधिसँग सम्बन्धित दुई वृत्तचित्र समेत (फिल्म) समेत प्रदर्शन गरिएको थियो ।
नेपालमा डिजिटल स्वतन्त्रताको प्रवर्द्धन र संरक्षणका लागि २०२२ मा स्थापना गरिएको डिजिटल फ्रीडम कोलिसनको आयोजना तथा इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा इन्टरनेट सोसाइटी नेपाल च्याप्टर, फ्रीडम फोरम, डिजिटल मिडिया फाउन्डेशन, मिडिया एक्सन नेपाल, फोरम फर डिजिटल इक्वालिटी, एन्टेना फाउन्डेशन नेपाल, महिलाको अपाङ्गता अधिकार समूह, मिडिया लयर्स एसोसिएसन मुख्य साझेदारका रुपमा तथा नेट फर गुड एलायन्स, मानव अधिकार फिल्म सेन्टर, एआइ फर जस्टिस, रोबोटिक एसोसिएसन अफ नेपाल, एनपीसर्ट, साइबर सुरक्षा तथा अनुसन्धानइन इन्स्टिच्युट एसोसिएट साझेदारका रुपमा रहको थिए । यस्तै युनेस्को नेपाल कार्यालय, कमिसन फोर इन्टरनेशनल कमिसन फोर, राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकमले कार्यक्रममा सहयोग गरेका थिए । नेपाल न्यूज बैँक

यो पनि पढ्नुहोस्

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

१५ घण्टा अगाडि
प्रधानमन्त्री र भारतीय राजदूतबीच उच्चस्तरीय संवाद

प्रधानमन्त्री र भारतीय राजदूतबीच उच्चस्तरीय संवाद

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

मेयर पदमा पूर्वमन्त्रीकाे उम्मेदवारी

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

पूर्वआईजीपी कार्कीको आदेश आउन बाँकी

राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक