बिहि, मंसिर ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बीआरआई नेपालको हितमा छैन : लोसपा नेता सोनाल

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
बीआरआई नेपालको हितमा छैन : लोसपा नेता सोनाल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता तथा पूर्वमन्त्री जितेन्द्र सोनालले चिनियाँ विकास परियोना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) को अनुदान लिँदा पनि सशंकित हुनुपर्ने अवस्था रहेको टिप्पणी गरेका छन् ।

आज (बुधबार) प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको सन्दर्भमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको दलका नेताहरुसँगको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीआरआईबाट नेपाल र नेपाली सशंकित हुनुपर्ने जनाएका हुन् ।

‘चिनियाँ पक्षबाट बेलाबखत कुरा आउँछ– पोखरा एयरपोर्ट पनि बीआरआईको पार्ट हो भने आइरहेको छ । यो खतरनाक कुरा हो । यस्ता कुराबाट देश बच्नुपर्छ । बीआरआईको बारेमा श्रीलङ्कामा जसरी उसको गतिविधि हेरियो, त्यसबाट नेपाल सशंकित छ, हामी सशंकित छौं,’– उनले भने ।

उनले एउटा नागरिकको टाउकोमा ८६ हजार ऋण रहेको स्मरण गराउँदै बीआरआईअन्तर्गतको ऋण फेरि थुपार्न नहुने बताए । बीआरआई नेपालको हितमा नरहेको उनको दाबी छ । ‘हाम्रो पार्टी र यो देशको हितमा बीआरआईको ऋण छैन, यो लिन हुँदैन । अनुदान पनि हामीले धेरै गम्भीरतापूर्वक छलफल गरेर लिनुपर्छ । अनुदान र दिएको सहयोगको नियत के हो ? गम्भीर छलफल नगरी सहयोग पनि लिन हुँदैन,’– उनले भने ।

बीआरआई नेपालको आवश्यक्ता भन्दापनि चीनको रणनीतिक योजना रहेको उनको दाबी छ । व्यापकमात्रामा बहस र छलफल चलाएरमात्रै यो विषयमा निर्णय लिनुपर्ने उनको सुझाव छ । अहिले नेपालमा रहेका सबै चिनियाँ प्रोजेक्टहरु बीआरआईअन्तर्गतका हुन् भनेर भ्रम फैलाइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । यदि चिनियाँ प्रोजेक्टहरु सबै बीआरआईअन्तर्गत हुन भने यो खतरनाक हुने उनको भनाइ छ ।

कुनै पनि देशसँग, दातृ संस्थासँग काम गर्नेक्रममा देशहित, राष्ट्रहित र जनहित सर्वोपरी स्थानमा राखेर सोच्नुपर्ने उनले बताए । नेपालका नेताहरुले कहिलेकाहीँ सम्झौता गर्दा देश र जनताको पक्षमा केही पनि नसोच्ने गरेको उनको आरोप छ । ‘कहिलेकाहीँ सम्झौता गर्दा हामी न देशहित हेर्छौं, न जनहित हेर्छौ, न राष्ट्रहित हेर्छौं । न हाम्रो आवश्यक्ता र शर्तलाई महत्व दिएका हुन्छौं,’– उनले भने ।

यो पनि पढ्नुहोस्

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

१२ घण्टा अगाडि
प्रधानमन्त्री र भारतीय राजदूतबीच उच्चस्तरीय संवाद

प्रधानमन्त्री र भारतीय राजदूतबीच उच्चस्तरीय संवाद

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

मेयर पदमा पूर्वमन्त्रीकाे उम्मेदवारी

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

पूर्वआईजीपी कार्कीको आदेश आउन बाँकी

राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक