बिहि, मंसिर ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालमा संसारलाई देखाउनसक्ने सम्पदाले भरिएको छ : उपप्रधानमन्त्री

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
नेपालमा संसारलाई देखाउनसक्ने सम्पदाले भरिएको  छ : उपप्रधानमन्त्री
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाल संसारलाई देखाउन सक्ने सम्पदाहरुले भरिपूर्ण देश भएको जनाउनुभएको छ । सोमबार विश्व शहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा बाल्दै उहाँले पुर्खाहरुले नेपाललाई सुन्दर शहरहरु दिएर गएको जनाउनुभयो ।

‘‘संसारलाई देखाउनसक्ने सम्पदाले भरिएको देश हो नेपाल । पुर्खाले छाडेर गएका ती सम्पदालाई राम्रोसँग व्यस्थित गरेर संसारलाई चिनाउनुपर्छ,’’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।

उहाँले विगतमा अहिलेको काठमाडौं काष्ठमाण्डपका रुपमा रहेको सन्दर्भ चर्चा गर्दै तत्कालिन समयमा काष्ठमण्डप आर्थिक गतिविधिको केन्द्र रहेको स्मरण गर्नुभयो । उपत्यकाभित्र पशुपतिनाथ मन्दिर, बौद्ध स्तूपा, चाँगुनारायण मन्दिर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, हनुमान ढोका दरबार र स्वयम्भू महाचैत्य विश्व सम्पदा सूचीमा समावेश छन् । यीनै सम्पदाको जगेर्ना गर्दै पर्यटक आकर्षित गर्न सकिने भन्दै उहाँले व्यवस्थित शहरीकरणमा आफ्नो जोड रहेको जनाउनुभयो ।

शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेपछि दीर्घकालीन रुपमा असर गर्ने भएकाले नीतिगत कुरामै जोड दिएको भन्दै उहाँले शहरी नीति ०८१ मन्त्रिपरिषदमा  अन्तिम चरणमा रहेको जानकारी गराउनुभयो । शहरी नीति मन्त्रिपरिषदबाट स्वीकृत भएलगत्तै त्यसलाई कार्यान्वयनमा लैजानका लागि आवश्यक पर्ने ऐन बनाउन तदारुकताका साथ मन्त्रालय अघि बढिरहेको पनि उपप्रधानमन्त्री सिंहले जनाउनुभयो ।

त्यस्तै, उपप्रधानमन्त्री सिंहले युवाहरुसँग नयाँ आइडिया हुने भन्दै योजना निर्माणको प्रक्रियामा युवा र स्थानीय तहलाई भूमिका दिनुपर्नेमा जोड दिनुभयो । युवा उत्प्रेरित स्थानीय योजना र प्रयास : जलवायुमैत्री दिगो आवास र शहरी विकास नाराका साथ यस वर्षको विश्व शहर दिवस र विश्व शहर योजना दिवस मनाइएको हो ।

कार्यक्रममा यसवर्षको उत्कृष्ट शोधपत्रका लागि पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्रवल दाहाल र ख्वप इन्जिनियरिङ कलेजका विराट शाक्यलाई उत्कृष्ण शोधपत्र पुरस्कार वितरण गरिएको थियो । नेपाल क्षेत्रीय तथा शहरी योजनाकार समाज (रुप्सन)ले उत्कृष्ट सोधपत्र पुरस्कारको संयोजन गरेको थियो ।

यो पनि पढ्नुहोस्

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

११ घण्टा अगाडि
एमालेको राष्ट्रिय भेलामा विद्यादेवी भण्डारी सहभागी

एमालेको राष्ट्रिय भेलामा विद्यादेवी भण्डारी सहभागी

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

मेयर पदमा पूर्वमन्त्रीकाे उम्मेदवारी

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

पूर्वआईजीपी कार्कीको आदेश आउन बाँकी

राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक