शनि, फाल्गुन २३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बालबालिकाको मानव अधिकार रक्षा गर्न सहकार्य आवश्यक

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
बालबालिकाको मानव अधिकार रक्षा गर्न सहकार्य आवश्यक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले बालबालिकाको मानव अधिकार रक्षाका लागि सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको जनाउनुभएको छ । शनिबार आयोजित ‘बाल मानव अधिकार रक्षकहरूको राष्ट्रिय भेला’ लाई सम्बोधन गर्दै उहाँले सो कुरा जनाउनुभएको हो ।

उहाँले बालविवाह, बालबालिकालाई श्रममा लगाउनु, बालबालिकामाथि हुने हिंसालगायत बाल अधिकार हनन हुने सबै क्रियाकलाप मानव अधिकार उल्लङ्घनका घटनाको अन्त्यका लागि राज्य, परिवार र बाल मानव अधिकार रक्षकहरूको सहकार्य र सचेतनाको खाँचो रहेको जनाउनुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव दीपकराज नेपालले आफू प्रमुख जिल्ला अधिकारीको भूमिकामा पहाड, तराईलगायतका क्षेत्रमा काम गर्दा तराईमा छोरीलाई धेरै पढाएर शिक्षित ज्वाइँसँग विवाह गराउँदा धेरै दाइजो दिनुपर्ने समस्याले बालविवाहमा अभिभावकले जोड दिने गरेको पाइएको बताउनुभयो । त्यसै गरी पहाडमा पनि साथीको सङ्गत, प्रविधिको दुरुपयोगलगायतका समस्याले किशोर किशोरीमा भागी विवाह गर्ने प्रवृत्ति नेपालमा विगतमा भन्दा बढेको जनाउनुभयो ।

उहाँले बालविवाहविरुद्ध राष्ट्रिय कार्यनीति र बालबालिकासम्बन्धी ऐनकानुनको समय अनुसार परिमार्जन गर्दै जानु पर्छ भन्दै बालविवाह पनि मानव अधिकार उल्लङ्घनका घटना हुन् भन्ने कुरा स्थापित गर्नु पर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय बाल अधिकार परिषद्का सदस्यसचिव इन्द्रादेवी ढकालले संविधानले बाल अधिकारलाई मौलिक हकमा राखेकाले यसको पूर्ण कार्यान्वयनका लागि सरोकारवालाबिच समन्वय र बाल अधिकार रक्षाका लागि प्रतिबद्ध भएर लाग्नुपर्ने जनाउनुभयो ।

गैरसरकारी संस्था महासङ्घका अध्यक्ष रामप्रसाद सुवेदीले बालबालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि स्थानीय तहदेखि बाल अधिकार क्षेत्रमा काम गर्ने सबै संस्था, बालपरिषद्ले मिलेर काम गर्नुपर्ने जनाउनुभयो ।

राजधानीमा तीन दिनसम्म सञ्चालन हुने सो भेलाले बाल अधिकारका क्षेत्रमा काम गरिरहनुभएका अग्रज पुस्ताले पछिल्ला पुस्ताका भाइबहिनीलाई बाल अधिकारका क्षेत्रमा काम गर्दा आइपर्ने सबैखाले चुनौती र अवसरका बारेमा जानकारी दिँदै यस क्षेत्रमा काम गर्न हौसला प्रदान गर्ने उद्देश्य छ । सो अवसरमा हालै ग्लोबल एन्टी रेसिजम अवार्ड प्राप्त गर्नुभएका बाल अधिकारकर्मी उर्मिला चौधरीलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

यो पनि पढ्नुहोस्

महाविर पुन निर्वाचित

महाविर पुन निर्वाचित

३६ मिनेट अगाडि
रास्वपा हालसम्म १५ क्षेत्रमा विजयी

रास्वपा हालसम्म १५ क्षेत्रमा विजयी

५३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पछि परे

प्रतिनिधिसभा निर्वाचनमा माकुने पाँचौ स्थान

गतिशील लोकतान्त्रिक वीरेन्द्रबहादुर बस्नेतले छाडे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नवलपुरमा मतगणना सुरु

बागलुङ १ मा मत गणनामा ढिलाइ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक