बिहि, कार्तिक १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कृषिक्षेत्रमा विदेशी लगानीको बाटो खुल्यो

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
कृषिक्षेत्रमा विदेशी लगानीको बाटो खुल्यो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सर्वोच्च अदालतले कृषिक्षेत्रमा वैदेशिक लगानी भित्र्याउन पाउने कानूनी प्रावधानको पक्षमा फैसला गरेको छ । कृषिक्षेत्रमा विदेशी लगानी भित्र्याउने गरी विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को संशोधन कार्यान्वयन नगर्न माग गर्दै दर्ता भएको रिट सर्वोच्चले खारेज गरेपछि कृषिक्षेत्रमा वैदेशिक लगानी भित्र्याउने बाटो खुलेको हो ।

यसअघि पटकपटक कृषिक्षेत्रमा वैदेशिक लगानी आवश्यक पर्ने आवाज उठ्दै आएको थियो तर, पनि वैदेशिक लगानीमाथिको अवरोध हट्न सकेको थिएन । खासगरी उद्योगी, व्यवसायीले कृषिमा वैदेशिक लगानी ल्याउँदा साना किसानले प्रतिस्पर्धा गर्न नसक्ने तर्क गर्दै आएका थिए ।

सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को संशोधन गर्दै ७५ प्रतिशत निर्यात गर्ने गरी कृषिक्षेत्रमा विदेशी लगानी ल्याउन दिइने व्यवस्था गरेको थियो । उक्त ऐनमा पशुपन्छी, माछा, मौरीपालन, फलफूल, तरकारी, तेलहन, दलहन, दुग्ध व्यवसायलगायत क्षेत्रमा विदेशी लगानी ल्याउन नमिल्ने त्यसअघिको व्यवस्थालाई संशोधन गर्दै सरकाले कम्तीमा ७५ प्रतिशत निकासी गर्ने व्यवसायमा विदेशी लगानी ल्याउन मिल्ने व्यवस्था गरेको थियो । सरकारले गरेको यस्तो प्रावधानविरुद्ध सर्वोच्चमा रिट दायर गरिएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र कुमार चुडालको संयुक्त इजलाशले कृषिक्षेत्रमा विदेशी लगानी ल्याउन रोक लगाउने गरी दायर गरिएको रिट निवेदन खारेज गर्ने फैसलाको पूर्णपाठ केही दिनअघि आएको हो । फैसलाको पूर्णपाठमा विदेशी लगानी खुला भएबाट स्वदेशी कृषि उद्योगलाई नकारात्मक असर पर्ने नभई राष्ट्रलाई पनि कुनै क्षति तथा हानी नोक्सानी नपर्ने उल्लेख छ ।

आफूले उत्पादन गरी कम्तीमा ७५ प्रतिशत निर्यात गर्ने शर्तमा वैदेशिक लगानी खुला गरिएकाले साना किसान र स्वदेशी उत्पादनलाई असर नपर्ने सर्वोच्चको ठहर छ । त्यस्तै नेपालमा उत्पादित कृषि उपज निर्यात गर्ने उद्योगलाई विदेशी लगानी भित्र्याउन पाउने व्यवस्था कायमै रहने पूर्णपाठमा उल्लेख छ ।

वैदेशिक लगानीमार्फत प्रविधिको हस्तान्तरण हुने, कृषिको आधुनिकीकरणमा बढवा हुन जाने र फलस्वरुप कृषिजन्य उत्पादनको परिमाण र गुणस्तरमा समेत वृद्धि हुने सर्वोच्चले भनेको छ । यसबाट कृषि उपजको आयात प्रतिस्थापनमा सघाउ पुगी विदेशी प्रविधिका कारण रोजगारीमा वृद्धि हुने समेत पूर्णपाठमा उल्लेख छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

१० घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक