आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

मृत्युपछि मानिसका कमजोरी किन ओझेलमा पर्छन् ?

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पूर्वसभामुख दमननाथ ढुंगानाको गत आइतबार निधन भएपछि सरकारले भोलिपल्ट सोमबार दिएको सार्वजनिक बिदाको आलोचना भयो । कर्मचारी कार्यालय पुगेपछि सेवाग्राही लाइन बसेपछि दिइएको बिदाले सार्वजनिक रुपमा असर प¥यो । साथै राज्यका विभिन्न पदमा रहेर काम गरेका व्यक्तिको निधनपछि दिइने सम्मानको मापदण्ड के हुने भन्ने विषयमा पनि सरकारले सधैं मनमौजी गर्ने गरेको पाइएको छ, जसले यस्ता विषयमा उचित मापदण्ड तयारी कार्यान्वयन गर्न पर्ने धारणालाई मुखरित गरेको छ ।

राज्यका विभिन्न पदमा रही काम गरेका विशेष गरी नेताको निधनपछिको चर्चा पनि समीक्षा गर्नुपर्ने देखिएको छ । नेपाली समाजले जीवित रहँदा खासै वास्ता नगर्ने नेता तथा पूर्वप्रमुख पदाधिकारीको निधनपछि भने ठूलो महिमागान गर्ने गरेको छ । सम्बन्धित व्यक्तिको गुणदोषलाई स्पष्ट रुपमा भन्नभन्दा कमजोरीलाई लुकाउन र केही गुणका आधारमा देवत्वकरण गर्नतर्फ लाग्ने गरेको पाइन्छ । सभ्य भाषमा र सबैलाई पाच्य हुनेगरी कमजोरीको पनि विश्लेषण गर्ने गरेको पाइँदैन । पूर्वसभामुख ढुंगानाकै कुरा गर्दा उनी सभामुखका रुपमा चर्चित भएका कांग्रेस नेता हुन् । सरकारमा रहेको दलबाट सभामुख बने पनि संसदलाई प्रतिपक्षीको बनाउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए । तर, तिनै ढुंगानालाई जीवित छँदा भने नेपाली राजनीति र समाजले बेवास्ता गरिरह्यो । जब कि राजनीतिमा छलकपट गर्नेहरुले भूमिका पाइरहे । उनीहरुकै हालिमुहाली चलिरह्यो । सबैजसो दलहरुमा इमानदार नेताहरु थिए, छन् तर उनीहरुलाई नेपाली जनताले, उनकै राजनीतिक दलले पनि अवसर नदिने र चुनाव नजिताउने गरेका उदाहरण प्रशस्त छन् । तर, तिनै नेताहरुको निधन भएमा भने इमानदार नेताको गुणगान गर्ने प्रचलन छ ।

अर्कोतर्फ, जसले जीवनभर राजनीतिक रुपमा बेइमानी गरे पनि मृत्युपछि उसलाई पनि देवत्वकरण गर्ने, उसका कमीकमजोरीलाई समीक्षा नगर्ने प्रचलन छ । सबै नेताको मृत्यु हुँदा एउटै प्रकृतिको प्रतिक्रिया आउँदा वास्तवमा असल र खराब छुट्याउन कठिन अवस्था हुने भयो । नेपाली समाजमा कुनै पनि आबद्धताबाट पृथक भएर स्वतन्त्र मत व्यक्त गर्नेहरूको संख्या अति नै न्यून देखिने अवस्था छ । असफल सावित भइसकेका अकर्मण्य नेताहरूलाई भक्तिभाव प्रदर्शन गरेर फाइदा लिने जमातले भोलि यस्ता नेताको भौतिक अवसानमा सामाजिक सञ्जालमा श्रद्धाञ्जलिको प्रायोजित ओइरो लगाउने सम्भावना नरहला भन्न सकिँदैन । यस्तो अवस्थामा सर्वसाधारण जनतामा सबै नेता उस्तै भन्ने भाष्य बन्ने परिस्थिति देखिँदैछ ।

त्यसैले जुनसुकै नेता वा पूर्वपदाधिकारीको कार्यशैली, क्षमता, कमीकमजोरीको विषयमा जीवित छँदा नै समीक्षा गर्न आवश्यक छ । यसमा स्वतन्त्र सञ्चारमाध्यमहरुको भूमिका अझ महत्वपूर्ण हुनेछ । निधनपछि गुणदोषलाई उही रुपमा समीक्षा हुन आवश्यक छ । यसले नेताहरुलाई पनि जस्तोसुकै गलत काम गर्दा पनि समाजबाट वाहवाही पाइन्छ भन्ने भ्रमबाट मुक्त गर्नेछ । आफ्नो भूमिकाअनुसारको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्न प्रेरित गर्नेछ । जनधारणाा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

रविविरुद्धको सहकारी ठगी प्रकरणमा अर्को मिति  ताेक्याे

रास्वपाका सभापति भारत भ्रमणमा जाने

५ मिनेट अगाडि
भारतबाट ६ महिना २२ दिन घर्संदै पशुपतिनाथ आइपुग्ने भक्त !

भारतबाट ६ महिना २२ दिन घर्संदै पशुपतिनाथ आइपुग्ने भक्त !

२७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

तेलंगाना राज्यमा अत्यधिक गर्मीबाट १६ जनाको मृत्यु

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक